जलविद्युतलाई हाइड्रोजन ऊर्जा र युरिया मल उत्पादनमा प्रयोग गर्ने लक्ष्यमा छौं -मन्त्री भुसाल

जलविद्युतलाई हाइड्रोजन ऊर्जा र युरिया मल उत्पादनमा प्रयोग गर्ने लक्ष्यमा छौं -मन्त्री भुसाल

केन्द्रबिन्दु
0
Shares

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले नेपालका जलस्रोतलाई जलविद्युतमा विकास गरी हाइड्रोजन ऊर्जा, यमोनिया र युरिया मल उत्पादनमा प्रयोग गर्ने सरकारको लक्ष्य रहेको बताएकी छन् । 

सोमवार काठमाडौंमा भएको ग्रिन हाइड्रो सम्मेलनमा बोल्दै मन्त्री भुसालले जलविद्युतको स्रोतको रुपमा विद्युत प्रयोग गर्ने, प्रतिव्यक्ति विद्युत खपत बढाउने, जलविद्युतलाई हाइड्रोजन ऊर्जा, यमोनिया र युरिया मल उत्पादनमा प्रयोग गर्ने सरकारको लक्ष्य रहेको बताएकी हुन् । उनले जलविद्युतलाई हाइड्रोजन ऊर्जा, यमोनिया र युरिया मल उत्पादनमा प्रयोग गर्ने विषयमा मन्त्रालयले आवश्यक तयारी गरेको पनि बताइन् । 

मन्त्री भुसालले जलविद्युतको प्रयोगबाट हाइड्रोजनबाट रासायनियक मलको उत्पादनका विषयमा पूर्वसम्भाव्यता अध्ययन गरिसकेको बताइन् । उनले हाइड्रोजन ऊर्जा उत्पादनको कार्य अगाडि बडाउन ऊर्जा मन्त्रालयको पहलमा नेपाल विद्युत प्राधिकरण र कोरियाको ग्लोवल ग्रिन इन्स्टिच्यूटबीच समझदारी भएको जानकारी दिइन् । 

‘नेपालले जलविद्युतको विकास गरी हामीले जलविद्युतको स्रोतको रुपमा विद्युत प्रयोग गर्ने,प्रतिव्यक्ति विद्युत खपत बढाउने, जलविद्युतलाई हाइड्रोजन ऊर्जा,यमोनिया र युरिया मल उत्पादनमा प्रयोग गर्ने सरकारको लक्ष्य रहेको छ । यसका लागि ऊर्जा मन्त्रालयले आवश्यक तयारी समेत गरेको छ । मन्त्रालयले कार्यदल गठन गरेर जलविद्युतको प्रयोगबाट हाइट्रोजनबाट रासायनियक मलको उत्पादनको पूर्वसम्भाव्यता अध्ययन गरिसकेको छ ।’ उनले भनिन्, ‘हाइड्रोजन ऊर्जा उत्पादनको कार्य अगाडि बडाउन ऊर्जा मन्त्रालयको पहलमा नेपाल विद्युत प्राधिकरण र कोरियाको ग्लोवल ग्रिन इन्स्टिच्यूटबीच समझदारी भएको छ । सन् २०३० भित्रै दिगो विकासको लक्ष्य प्राप्त गर्ने र सन् २०२६ मध्यम आय भएको मुलुकको लक्ष्य प्राप्त गर्न सबल अर्थतन्त्रको विकास हुन आवश्यक छ ।’ 

उनले थपिन्, ‘विश्वले अहिले हाइट्रोजन ऊर्जाको विषयमा विषेश चासो र प्राथमिकता सहित अध्ययन अनुसन्धानहरु गरिरहेको छ । विकाससील मुलुकहरुको ग्रिन हाइड्रोजन ऊर्जा उत्पादनका सम्बन्धमा नीति निर्माण र प्रविधिको विकास गर्ने,खपतको क्षेत्र निर्धारण गरी विश्वका विकाससील मुलुकहरु अगाडि बढेको अवस्थामा नेपालले पनि यो विषयमा छिटै आवश्यक नीति निर्माण गर्नु आवश्यक छ ।’ 
 
मन्त्री भुसालले विश्वमा हाइड्रोजन ऊर्जा उत्पादनको लागि नेपालले अग्रणी भुमिका निर्वाह गर्न सक्नुपर्ने बताइन् । उनले नेपालको जलस्रोतलाई जलविद्युतमा विकास गरी जलविद्युतको प्रयोग मार्फत जलस्रोतलाई हरित हाइड्रोजनका रुपमा विकास गरेर नेपालको आर्थिक समृद्धि,ऊर्जा तथा खाद्य सुरक्षाका साथै दिगो विकासको दृष्टिले निकै महत्वपूर्ण हुने बताइन् । 

हरित उर्जामा सबै नेपाली जनताको पहुँच पु-याउनको लागि जलविद्युत आयोजनाहरुको दिगो विकास गर्न आवश्यकता रहेको पनि उनले औंल्याइन् । 

Skip This
Skip This
Logo