काठमाडौं ।
नेपाली बजारमा आज सुनको मूल्य पुनः बढेको छ । आज २२ सयले बढ्दै सुन प्रतितोला १ लाख ४ सयमा कारोबार भइरहेको छ ।
साताको पहिलो दिन आइतबार घटेको सुनको मूल्य सोमबार पाि घटेको थियो । यस्तै चाँदीको मूल्य पनि ६५ रुपैयाँ बढेर १,३८० मा कारोबार भइरहेको छ ।
अघिल्लो हप्ता सुनचाँदीको मूल्यमा उतार चढाव आइ नै रहेको थियो । बुधबार एकै दिन ६ हजार २०० ले घट्दै प्रतितोला ९५ हजार ४०० मा कारोबार भएको सुन विहिबार २,४०० ले बढेर पुनः उकालो लागेको थियो ।
साउन २३ गते नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । त्यस दिन १ लाख ३ हजार ५०० मा कारोबार भयो । मूल्य बढ्दै गए पछि कारोबार भने घटेको छ । सुन बजार सुनसान देखिन्छ ।





























प्रतिक्रिया