बीवाईडी एट्टो३ इलेक्ट्रिक कारकाे शाेरुम नक्सालमा सञ्चालन

बीवाईडी एट्टो३ इलेक्ट्रिक कारकाे शाेरुम नक्सालमा सञ्चालन

केन्द्रबिन्दु
0
Shares

हालै नेपालमा सार्वजनिक भएको बीवाईडीको इलेक्ट्रिक कार एटो३ को शोरुम काठमाडौंको नक्सालमा सञ्चालनमा आएको छ ।

बिवाइडीको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इंकका ब्रान्डएम्बस्डर तथा वरिष्ठ कलाकार हरिवंश आचार्यले सोमबार इलेक्ट्रिक कार एटो३ को नक्सालस्थित नारायणचौरमा नयाँ शोरूमकाे उद्घाटन गरेका हुन् । 

नेपालमा शनिबार मात्र सार्वजनिक भएको यस कारको मूल्य ८९ लाख ९० हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । अहिले गाडी बुक गर्ने ग्राहकले चार्जर र भीटुएल केवल निःशुल्क पाउने छन्।

सो इलेक्ट्रिक कारमा ६०.४ किलोवाट क्षमताको ठूलो ब्लेड व्याट्री जडान गरिएको छ । यसले २०० एचपी पावर र ३१० एनएम टर्क जेनेरेट गर्ने क्षमता राख्छ । ८० किलोवाटको फास्ट चार्जरले करिव ४५ मिनेटमै फुल चार्ज गर्न सकिने यस कारले ४२० किलोमिटर सम्मको रेन्ज दिने दाबी गरिएको छ ।  

Logo