कोका–कोला नेपालले वैदेशिक रोजगारका लागि विदेश जाँदा कोरोना कहर तथा आर्थिक अवस्थाका कारण स्वदेश फर्कन नसकेका नेपालीहरुको उद्धार गरेको छ ।
लगभग साढे ३० लाख नेपालीहरु वैदेशिक रोजगारीको सिलसिलामा नेपाल बाहिर छन् । तीमध्ये एकदमै थोरै मात्र हरेक वर्षको नेपालीहरुको महान् दसैंतिहारमा घर आउन सक्छन् । एक त कमजोर आर्थिक अवस्था, त्यसमाथि फेरी कोरोना कहरले यस्ता धेरै नेपालीहरु घर फर्कन पाएनन्। तर, सम्बन्धउत्सव स्वादसँग क्याम्पेन अन्तर्गत कोका–कोलाको वैदेशिक रोजगारीको सिलसिलामा कुवेत गएका र धेरै लामो समयसम्म आफ्नो परिवारसँग टाढा रहेका १४ जना नेपालीलाई स्वदेश ल्याएको छ ।
कम्पनीका अनुसार वर्षौँदेखि चाहेर बल्ल–बल्ल पुरा भएको उनीहरुको कुवेतदेखि नेपालसम्मको यात्रा, नेपाल फर्किन पाउँदाको उनीहरुको हर्ष, लामो समयपछि आफ्नो परिवारसँग मिलन हुँदाको म्याजिकल पलहरुलाई कैद गरेर कोका–कोलाले एउटा भिडियो पनि बनाएको छ, जसलाई कोका–कोलाको युट्युब च्यानल र सामाजिक सञ्जालहरुमा हेर्न सकिन्छ ।
यसरी घर फर्कन पाउनेहरु मध्य एक हुन् कान्छी माया तामाङ्ग । उनी भन्छिन्, “११ वर्षदेखि म वैदेशिक रोजगारीमा थिएँ । हरेक वर्ष विशेष गरी दसैंँ र तिहारमा आफ्नो परिवारसँग हुन नपाउँदा साहै्र पीडा हुन्थ्यो । तर यो वर्ष भने बल्ल म नेपाल आउन पाएको छु र परिवारसँग दसैंँ–तिहार मनाउन पाएको छु, मेरो खुशीको सीमा नै छैन । ६ वर्ष पछि मलाई घर ल्याइदिएकोमा कोका– कोलालाई धेरै–धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु ।”
साथै क्याम्पेनको बारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले चाडपर्वको अवसरमा अलपत्र परेका नेपालीहरुलाई आफ्नो परिवारसँग मिलन गराउन पाएकोमा खुशी लागेको बताए । उनले भने, “कोका–कोला सम्बन्धहरुमा विश्वास गर्छ र खास गरी यस्ता चाडबाडको समयमा सम्बन्धहरुलाई अझै नजिक बनाएर म्याजिक छर्न चाहन्छ । त्यसैले हाम्रो यस वर्षको दसैंँ थिम पनि सम्बन्धउत्सव स्वादसँग राखेका छौँ । यसै सन्दर्भमा हामीले विदेशिएका र लामो समयदेखि आफ्नो परिवारबाट टाढा रहनुभएका नेपालीहरुलाई घर आउने व्यवस्था गरेका छौँ । किनभने दसैंँको मुख्य आकर्षण भनेको नै आफ्नो नजिकको मान्छेहरुसँग समय बिताउने अवसर हो । चाडपर्वको अवसरमा वहाँहरुलाई आफ्नो परिवारसँग मिलन गराउन पाएकोमा हामीलाई पनि खुशी लागेको छ ।”





























प्रतिक्रिया