वायुसेवा सञ्चालक संघ नेपालले कर्णाली प्रदेशका विमानस्थलमा अलपत्र परेका नागरिकहरुलाई उद्धार एवं यात्रा सहजताका लागि हवाई उडान थप गर्ने बताएको छ ।
मंगलवार कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी नेतृत्वको टोलीसँग भएको छलफलमा वायुसेवा सञ्चालक संघ नेपालले वायुसेवा कम्पनीहरुसँग भएका हवाई उडान थप गरेर अलपत्र नागरिकहरुलाई नजिकको विमानस्थलमा उद्धार गर्ने प्रतिवद्धता जनाएको हो ।
छलफलमा बोल्दै वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले कर्णाली प्रदेशमा वर्षाको कारण सडक मार्ग अवरुद्ध हुँदा हवाई उडानमा देखिएको विद्यमान समस्या समाधान गर्न निजी वायुसेवा सञ्चालकहरुसँग भएका जहाजको उडान थप गर्ने प्रतिवद्धता जनाए । उनले विमानस्थलहरुमा अलपत्र परेका यात्रुहरुलाई कर्णाली प्रदेशमा हुम्मा,जुम्ला र डोल्पाबाट उद्धार गरेर नजिकैको विमानस्थलमा उद्धार गर्ने तयारी गरेको बताए ।
उनले भने, ‘कर्णाली प्रदेशमा हवाई उडानसम्बन्धी विद्यमान समस्या समाधान गर्न तथा विमानस्थलमा अलपत्र परेका यात्रुलाई गन्तव्यमा पु-याउने वायुसेवा सञ्चालकहरुसँग भएका हवाई जहाजहरुको उडान सही रुपमा प्रयोग गर्ने निर्णय गरेको छौं । कर्णालीमा देखिएको स्थानीय स्तरको समस्याको लागि सुरक्षाको विषयमा सुरक्षा संयन्त्रसँग समन्वय गर्ने र विमानस्थल भन्दा बाहिर बसेर हवाई उडानमा केही व्यक्तिले गरेका अनियमितता रोक्न विद्युतीय माध्यमबाट इटिकटको व्यवस्था गर्ने निर्णय भयो । विमानस्थलमा अलपत्र परेर बसेकका नागरिकहरुलाई तत्काल उद्धार गर्न नेपाल सरकारबाट सञ्चालित नेपाल एयरलाइन्स र नेपाली सेनाका केही जहाज पाउनुप¥यो । कर्णालीको मानविय संकट समाधानको लागि सरकार र निजी क्षेत्रको सहकार्यमा गर्ने सहमति भयो । हामीसँग भइका जहाजहरुलाई कर्णालीमा हवाई उडान गर्ने प्रयास गर्छौं । तत्काल बढी भन्दा बढी एयर क्राफ्टहरुले उडान गरेर डोल्पा,हुम्ला र जुम्लाबाट नेपालगञ्ज वा नजिकको विमानस्थलमा ल्याउने तयारी गरेका छौं ।’
कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले अविरल वर्षाको कारण कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा हवाई उडान प्रभावित भएर यात्रुहरु अलपत्र हुँदा मानवीय संकट आउने अवस्था सिर्जना भएको बताए । उनले वर्षको कारण सडक मार्गसमेत अवरुद्ध भइ उडान चाप बढेको बताए ।
उनले भने, ‘गत हप्ता देशभर आएको अविरल वर्षको कारण कर्णाली प्रदेशका हिमाली जिल्लाहरु बढी हवाई उडान प्रभावित भएको छ । हवाई उडान मात्रै नभएर सडकसमेत अवरुद्ध भएको छ । कर्णालीका हिमाली जिल्लामा हवाई उडानमा कटौती भएको छ । कर्णालीमा सडकहरु अवरुद्ध हुँदा कर्णालीमा हवाई यात्रुहरुको चाप बढेको अवस्था छ । अहिले विमानस्थलहरुमा भएको हवाई उडानको सख्याले यात्रुहरुको चाप थेग्न नसक्ने भएको छ । कर्णालीका विमानस्थलहरुमा अलपत्र परेका हवाई यात्रुहरुलाई तत्काल उदार गर्नको लागि नेपाल वायुसेवा सञ्चालक संघसँग भेटघाट गरेका छौं । कर्णालीमा निजी वायु सेवा कम्पनीहरुले उडान गर्दैै आउनुभएको छ । निजी वायुसेवाहरुलाई मानवीय समस्या भएको बेलामा कर्णालीमा सहयोग गर्न हवाई उडानको संख्या बढाउन अनुरोध गरेका छौं । कर्णाली हवाई उडानमा अनियमिता रहेकाले हवाई उडानको लागि अनलाइन टिकट कार्यान्वयन गर्न माग गरेका छौं ।’
भण्डारी नेतृत्वको टोलीले मंगलवार नै पर्यटन मन्त्रीलाई भेटेर कर्णाली प्रदेशमा विद्यमान हवाई उडानसम्बन्धी समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेको थियो । केही दिन अघिको वर्षाका कारण सडक बाटोको सञ्जाल, विद्युत र टेलिफोन सेवासमेत अवरुद्ध भएपछि अहिले कर्णाली प्रदेशका मुगु, हुम्ला, जुम्ला र कालीकोट लगायतका जिल्ला सम्पर्क विच्छेद छन् ।





























प्रतिक्रिया