नजिकिँदै गरेको नेपालीहरुको पर्व तिहारको लागि तीन लाख बढी फूलमाला भारतबाट आयात हुने भएकाे छ ।
फ्लोरिकल्चर एसोसिएसनका अनुसार यस तिहारमा २३ लाख २५ हजार स्वदेशी माला खपत हुने हुने आंकलन गरिएको छ । जसमा २० लाख सयपत्री, ३ लाख मखमली र २५ हजार थानको गोदावरी फूलको माला खपत हुने बताइएको छ ।
तर मागअनुसार अपुग हुने ३ लाख थान माला भने भारतबाट आयात हुने एसोसिएसनका अध्यक्ष मिनबहादुर तामाङले बताए । ‘नेपाल ९० देखि ९१ प्रतिशतसम्म तिहारको फूलमालामा आत्मनिर्भर छ’ उनले भने, ‘व्यापारीहरुले भारतबाट पनि माला आयात गर्छन् ।’
यो वर्ष तिहारमा खपत हुने फूलको उत्पादन १० देखि २० प्रतिशतले वृद्धि भएको एसोसिएसनले जनाएको छ ।































प्रतिक्रिया