विद्युत प्राधिकरणको ३५ औँ वार्षिकोत्सव : किन भए कुलमान भावुक ?

विद्युत प्राधिकरणको ३५ औँ वार्षिकोत्सव : किन भए कुलमान भावुक ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगत दिनहरुमा भारतबाट अत्याधिक मात्रामा विजुली आयात गर्दै आएकोमा पछिल्ला बर्षहरुमा भारत निर्यात गर्न सफल भएको बताएका छन् ।

नेपालले गत आर्थिक वर्षमा १० करोड युनिट विद्युत भारत निर्यात गरेको छ । विगतका वर्षहरुमा ३५ प्रतिशतसम्म विद्युत आयात गर्ने प्राधिकरणले गत वर्ष २२ प्रतिशत मात्रै विद्युत आयात गरेको भन्दै कार्यकारी निर्देशक घिसिङले खुसी व्यक्त गरे । उनले सोमबार आयोजित प्राधिकरणको ३५ औं वार्षिक उत्सवका अवसरमा भर्चुअल कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

घाटामा रहेको संस्थालाई नाफा कमाउने संस्थाका रुपमा उभ्याउन पाउँदा आफू निकै भावुक भएको कार्यकारी निर्देशक घिसिङको भनाइ थियो । ‘२७ अर्ब रुपैयाँ सञ्चित नोक्सानीमा रहेको संस्थालाई ४ वर्ष भित्र वार्षिक १० अर्ब नाफा कमाउने संस्थाका रुपमा उभ्याउन पाउँदा म अत्यन्तै भावुक भएको छु ।’ उनले भने । यो प्रगतिमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन, सचिव दिनेश घिमिरे तथा प्राधिकरणका सबै कर्मचारीको सहयोगबाट गर्न सफल भएको उनको भनाइ थियो ।

र याे पनि 

गत वर्ष प्राधिकरणले ११ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ भने ५ अर्ब सञ्चित नाफा कमाएको छ । ग्रामीण विद्युतीकरणलाई अभियानकै रुपमा चलाएको प्राधिकरणले ४ वर्षको अवधिमा ६३ बाट ८६ प्रतिशत जनसंख्यामा विद्युत पहुँच पु¥याएको छ । त्यस्तै, प्राधिकरणले १५.२७ प्रतिशतमा चुहावट नियन्त्रण गर्दै आएको छ । प्राधिकरणले प्रतिव्यक्ति २६० युनिट विद्युत खपत पु¥याएको उनले बताए । विद्युत महसुल ८ देखि ९ प्रतिशतसम्म घटाइएको घिसिङले बताए । निरन्तर प्रयास गर्दा पनि केही आयोजनाको काम सम्पन्न हुन नसकेको कार्यकारी निर्देशक घिसिङले बताए । जसका कारण प्राधिकरणका राम्रा काम पनि ओझेलमा परेको उनको भनाइ थियो ।

त्यस्तै, ३ हजार मेगावाटका आयोजना निर्माणाधीन रहेकोमा १३ सय मेगावाट चालु आर्थिक वर्षमै आउने घिसिङको भनाइ छ । विद्युत खपत गराउन विद्युतीय चुल्हो, विद्युतीय गाडी र लिफ्ट सिंचाईमा विद्युत खपत गराउने प्राधिकरणको योजना छ ।

Logo