सर्वसाधारण शेयरधनी समूहबाट एनआईसी एशिया बैंकको नयाँ सञ्चालकमा केशवप्रसाद लम्साल नियुक्त भएका छन्।
बैंकको सञ्चालक समितिको ५७१औं बैठकले आजबाट लागू हुनेगरी राष्ट्रिय वाणिज्य बैंकमा ३० वर्ष लामो अनुभव सम्हालेका लम्साललाई सञ्चालकमा नियुक्त गरेको हो ।
नवनियुक्त सञ्चालक लम्सालले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहणसमेत गरिसकेका छन् ।
अर्थशास्त्र एवं बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तरसम्म अध्ययन गरेका उनी राष्ट्रिय वाणिज्य बैंकमा विभिन्न विभागहरुको नेतृत्व सम्हाल्दै नायब प्रमुख कार्यकारी अधिकृत पदबाट अवकाश भएका थिए ।































प्रतिक्रिया