टिभिएसले सार्वजनिक गर्‍यो नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी

टिभिएसले सार्वजनिक गर्‍यो नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी

केन्द्रबिन्दु
0
Shares

टिभिएस मोटरको नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी सफलतापूर्वक सार्वजनिक गरेको छ । 

काठमाडौँको भृकुटीमण्डपमा बुधबार टिभिएसका ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्का र प्रदीप खड्काद्वारा नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपीको अनावरण गरिएको थियो । जगदम्बा मोटर्सका सीईओ दीपक अग्रवाल र भाईस प्रेसिडेन्ट दीपक रौनियारबाट कार्यक्रमको उद्घाटन गरिएको थियो ।  

कार्यक्रममा कलाकार उषा उप्रेती र विपिन श्रेष्ठको उपस्थिति रहेको थियो भने कलाकार प्रताप दास र रचना रिमालको विशेष प्रस्तुति रहेको थियो।

लन्च कार्यक्रमसंगै जगदम्बा मोटर्सले टिभिएस ग्रेट ग्राण्ड एक्सजेञ्ज एण्ड फाइनान्स मेला पनि आयोजना गरेको छ । यो मेला कार्तिक ५ गतेसम्म भृकुटीमण्डपमा चल्ने छ । 

यस एक्सचेन्ज मेलामा ग्राहकहरुले कुनै पनि ब्राण्डका पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गर्दा आकर्षक छुट तथा उपहारहरु पाउने छन्। मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गरेर टिभिएसको दुई पाङ्ग्रे सवारी साधन लिँदा बजार मुल्याङ्कन भन्दा रु ७,००० बढीको मूल्य पाउने छन् । साथै नकिन्दै १ लाख र किन्दा १० लाख सम्मको नगद छुटको पनि व्यवस्था छ । 

यो योजनामा आकर्षक फाइनान्स अफर पनि समावेश छ, जस अन्तर्गत न्यूनतम २५% डाउनपेमेन्ट र रु ४,२७७ को मासिक ईएमआइमा बाइक तथा स्कुटर लिन सकिन्छ । यस बाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर, र ब्याग जस्ता उपहार पनि प्राप्त गर्न सक्नेछन् ।

कनेक्टेड मोबिलिटीको क्षेत्रमा आफ्नै छुट्टै स्थान बनाइसकेको टिभिएसले स्कुटर उद्योगमै सबैभन्दा पहिलोभोइस–असिस्ट फिचर यस स्कुटरमा समावेश गर्न सफल भएको छ । स्मार्टएक्सकनेक्ट टिएम कनेक्टिभिटी प्ल्याट्फममार्फत संचालित भोइस–असिस्ट फिचर उपलब्ध यस स्कुटरलाई टिभिएस कनेक्ट मोबाइल एपमार्फत सजिलै कनेक्ट गर्न सकिन्छ ।

युवावर्गको लागि लक्षित गरेर डिजाइन गरिएको एनर्टक स्कुटरमा रहेको भ्वाइस असिस्टको सहायताबाट राइडरहरुले मोड चेन्ज, नाभिगेसन, कन्सोल ब्राइट्नेस अड्जस्टमेन्ट र डिएनडिलगायत अन्य थुप्रै कनेक्टिभिटि फंसनहरु सजिलै प्रयोग गर्न सक्नेछन् । यसले गर्दा राइडरहरुले ड्राइभ गर्दा–गर्दै पनि कुनै पनि ब्लुटुथ कनेक्टेड डिभाइस मार्फत आवाजकै भरमाविभिन्न सेटिङ्हरु कन्ट्रोल गर्न सक्छन्। 

त्यस्तै यसको अर्को मेजर अपडेट भनेको पर्फर्मेन्स पारामिटरलाई ग्राफिकल्लि देखाइएको छ । यसमा नियमित आवतजावत गरीरहने रुटहरु सेभ पनि गर्न मिल्छ, जसले गर्दा यसको न्याभिगेसन झनै उपयोगी बनाएको छ । यसमा समावेश गरिएको टिभिएस रेसिङ पेडिग्रीले स्कुटरलाई उच्चतम पर्फर्मेन्स प्रदान गर्छ । साथै, यसमा भएको रेस टनेल फुएलइन्जेक्सन ईन्जिनले ५५०० आरपीटर्क प्रदान गर्दछ । 
 

Logo