सांग्रिला बैंकको सांग्रिला कस्टमर केयर इकाई संचालनमा

सांग्रिला बैंकको सांग्रिला कस्टमर केयर इकाई संचालनमा

केन्द्रबिन्दु
0
Shares

सांग्रिला डेभेलपमेन्ट बैंक लिमिटेडले सांग्रिला कस्टमर केयर इकाई संचालनमा ल्याएको छ । 

बैंकले आफ्नो ग्राहकहरूको समस्या सहज रूपले समाधान गर्ने उद्देश्यले कल सेन्टरको रूपमा कस्टमर केयर इकाई को सुरुवात गरेको जनाएको छ ।सांग्रिला कस्टमर केयर इकाईको मुख्य उद्देश्य आफ्ना ग्राहक तथा सम्वन्धित व्यक्तिहरूको जिज्ञासा, ग्राहकहरूको समस्या, असुविधा र द्विविधाहरू तथा विभिन्न किसिमका प्रश्नहरूको समाधान गर्नु रहेको छ । ग्राहकले तोकिएको फोन नं.०१–५९७००५२, ९८६३५८९००० मार्फत आफ्ना बैंक सेवा सँग सम्वन्धित समस्याहरू समाधान गर्न सक्नेछन् ।

ग्राहक तथा सम्वन्धित व्यक्तिहरूले बैंकको विदाको दिन बाहेक यस सम्बन्धी सेवा आइतबारदेखि बिहीबारसम्म विहान ९ः३० देखि बेलुका ५ः३० सम्म र शुक्रबार ९ः३० देखि दिउँसो ३ः३० सम्म लिन सक्नेछन् । तोकिएको फोन नं.०१–५९७००५२, ९८६३५८९००० मार्फत सांग्रिला कस्टोमर केयर इकाईमा सम्पर्क राखी बैंकको बचत तथा मुद्दति खाताका व्याज दर, एटीएम, मोबाइल बैंकिङ,इन्टरनेट बैंकिङमा देखिएका समस्याहरूका समाधान उपयाहरु, बैंकको हरेक सन्ध्याकालिन तथा विदाका दिन बैंक खोल्ने समय तालिका, बैंकको शाखा कार्यालय भएका स्थान र सम्पर्क नं, कर्जा तथा निक्षेप सम्बन्धी जानकारी लगायतका आफ्ना जिज्ञासाहरू यस सेवामार्फत प्राप्त गर्न सकिनेछ ।  

यस इकाई को सुरुवातपछि ग्राहकहरूले घरमै बसी फोन मार्फत नै बैंक सम्वन्धित हरेक जिज्ञासा सजिलोसंग प्राप्त गर्न सकिने भएकाले यसबाट धेरै ग्राहकहरूले सुविधा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ । यदि ग्राहकको फोन कल मिस भएमा वा सम्पर्क हुन नसकेको अवस्थामा समेत यस कस्टमर केयर इकाईका कर्मचारीहरुले पुनः ग्राहकलाई कलव्याक गरी समास्याहरु बारेमा जानकारी लिई समस्याको समाधान गर्ने व्यवस्था मिलाइएको छ । 

यदि कुनै समस्या इकाईबाट समाधान हुन नसके सम्वन्धित विभागहरुद्वारा ग्राहकलाई सम्पर्क गरी समस्याको समाधान गरिदिने व्यवस्था समेत मिलाइएको छ । इकाईले दैनिक रूपमा सयौं ग्राहकहरूको प्रतिक्रिया, सोधपुछ र जिज्ञासाहरूलाई पूर्ण रूपले समाधान गर्दै आएको छ । बैंकको नेपालभर जुनसुकै शाखा कार्यालय मार्फत सेवा लिएका ग्राहकहरूले केन्द्रमा रहेको इकाई मार्फत आफ्नो जिज्ञासाहरूको छिटो र सजिलो माध्यमबाट समाधान गर्न सक्नेछन् ।

यस सेवाले ग्राहक तथा सरोकारवालाहरूलाई थप लाभान्वित गराउने कुरामा बैंकले विश्वास लिएको छ । इकाई बाट हुने सेवाको निश्चित समयावधिलाई परिमार्जन गरी भविष्यमा सेवा प्रदान गरिने समयावधि खुल्ला गरी ग्राहकलाई उपयुक्त हुने समयमा सेवा दिने तरिकाले सेवा विस्तार गरिने समेत बैंकले जनाएको छ ।  

Logo