काठमाडौं ।
नेपाल फोटो पत्रकार महासंघलाई ई-सेवाले १ सय थान प्रेस ज्याकेट सहयोग प्रदान गरेको छ ।
उक्त परिमाणको प्रेस ज्याकेट ई-सेवाका प्रमुख बजार ब्यवस्थापक युवराज विष्टले काठमाडौंमा आइतबार महासंघका केन्द्रीय अध्यक्ष ध्रुब आलेलाई एक संक्षिप्त कार्यक्रमका बीच हस्तान्तरण गरे ।
कोरोना महामारीले निम्त्याएको लकडाउनको अवस्थामा फोटो खिच्न कार्यक्षेत्रमा जानै पर्ने फोटोपत्रकारको पेशागत दायित्वका कारण प्रेस ज्याकेटको माग बढेपछि महासंघले विभिन्न संस्थाहरुसँग सहयोग जुटाउन पहल गरेको हो । महासंघले जिल्ला तथा प्रदेशबाट माग भई आएको विभिन्न परिमाणको प्रेस ज्याकेट, मास्क र सेनीटाईजरहरु कार्यक्षेत्रमा सक्रिय फोटो पत्रकारहरुलाई उपलब्ध गराउदै आएको छ ।
कार्यक्रममा एफवन सफ्ट ईन्टरनेशनलका सीओओ शिशिर पछई लगायत उपस्थित थिए भने महासंघका तर्फबाट केन्द्रीय उपाध्यक्ष सागर श्रेष्ठ , केन्द्रीय महासचिव हरिप्रसाद रेग्मी, केन्द्रीय सहसचिव नरेश श्रेष्ठ र काठमाडौं शाखाका सचिव किरण पन्थ लगायत उपस्थित थिए ।





























प्रतिक्रिया