तीन दशकदेखि बन्द वीरगञ्जको कृषि औजार कारखाना पूनःसञ्चालनको तयारीमा

तीन दशकदेखि बन्द वीरगञ्जको कृषि औजार कारखाना पूनःसञ्चालनको तयारीमा


३० वर्षदेखि बन्द रहेको वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनको प्रक्रिया सुरु भएको छ ।

अर्थ मन्त्रालयका सहसचिव नवराज ढुंगाना अध्यक्ष रहेको कारखाना सञ्चालक समितिको ६ कात्तिकमा वीरगञ्जमा बसेको बैठकले कारखाना सञ्चालनका लागि आवश्यक तयारी गर्ने निर्णय गरेको छ । कृषि औजार कारखानाको सम्पत्तिको लगत तयार गर्ने, सञ्चालनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण गर्ने, भएका पूर्वाधार, मेसिन औजार मर्मत संभार गर्ने, मेसिनको अवस्था बुझ्न टोली खटाउने र व्यवस्थापनका लागि कति आवश्यक लागत अध्ययन गरेर अर्थ मन्त्रालयमा पठाउने निर्णय बैठकले गरेको अर्थ मन्त्रालयका सह सचिव एवं वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक नवराज ढुंगानाले जानकारी दिए ।

एक वर्ष भित्र कारखानाबाट कृषि सामाग्री उत्पादन गर्न सुरु हुने दावी उनको छ ।

Logo