बोटको वेभप्रो ४७, रेकर्ज ३३० र रेकर्ज २५५प्रो प्लस नेपाली बजारमा

बोटको वेभप्रो ४७, रेकर्ज ३३० र रेकर्ज २५५प्रो प्लस नेपाली बजारमा

केन्द्रबिन्दु
0
Shares

इम्याजिन मार्केटिङ लिमिटेड भारतको वायरलेस हियरेबल ब्रान्डले फ्ल्यागशिप ब्रान्ड “बोट”अन्तर्गत आफ्नो लाइन अपमा सुन्न र लगाउन मिल्ने उपकरणहरु नेपाली बजारमा भित्र्याएको छ ।

स्क्वायर डायल भएको वेभ प्रो ४७, १.६९ इन्चकलर एचडी डिस्प्लेमा पूर्ण क्यापेसिटिव टच र रेस्पोन्सिभ टच इन्टरफेस रहेको छ । यसले डिस्प्लेमा गुणस्तरीय पिक्चर, ५०० निट्स ब्राईटनेस, र विशाल दृश्य अनुभव प्रदान गर्दछ । यसको साथै नवीनत बोट एसापचार्ज टेक्नोलोजीको सात दिनसम्मको पावर ब्याकअपमात्र ३० मिनेटमा ० देखि १००% सम्मचार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।   वेभ प्रो ४७मा भएको आईपी ६७ ले यसलाई पसिना, पानी र धुलो प्रतिरोधी बनाउँछ, जसले यसलाई उत्कृष्ट फिटनेस पार्टनर बनाउँछ । देशभर उपलब्ध यसको मूल्य ६ हजार ४९९ रुपैयाँ तोकिएको छ । 

यस कम्पनीले बोटको सबैभन्दा नयाँ संस्करणको बोटएक्सटेन्ट स्पोर्ट स्मार्ट वाच पनि लन्च गरेको छ । यसमा फिटनेस वाचका सुविधाहरू समावेश गर्नुका साथै स्पोर्टी र स्टाइलिश छन् । यसमा७००+ सक्रियमोडहरू रहेका छन् जसले निद्राको गतिबिधि देखि पोस्ट वर्कआउटको लागि शरीरको क्यालोरी ट्र्याक गर्दछ । 

छिटो चार्ज हुने प्रविधिको साथ तयार पारिएको यो स्मार्टवाचलाई ३० मिनेटमै पूर्ण चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । यो स्मार्टवाच स्पोर्टी १.६९” एचडी डिस्प्लेको साथ आउँदछ जसमा ब्राईट र रेस्पोनसिभ टच इन्टरफेस रहेको छ । यसमा १००+ फेस अप्सन छन् जसले गाहकको भाइबलाई घडीसँग हरेक दिन मिलाउन मद्दत गर्छ । एक्सटेन्ट स्पोर्ट नेपालको सबै रिटेल आउटलेटमा ६ हजार ४९९ रुपैयाँमा उपलब्ध छन् ।

साथै यस कम्पनीको नयाँ लाइनअपमा बजारमा नेकब्यान्ड–रेकर्ज ३३० र रेकर्ज २५५ प्रो प्लस पनि ल्याएको छ । यी उत्पादनहरू नवीनतम प्रविधि र उच्च गुणस्तरको साथै बोट सिग्नेचर साउन्ड र किफायती मूल्यमा उपलब्ध छन् । बजारमा यसको मूल्य रु. ३ हजार ३९९ र देखि ३ हजार ४९९ रुपैयाँ ताकिएको छ ।  

टेलिटक प्रालिका कार्यकारी निर्देशक प्रतीक जालान भन्छन्, “विगत केहीमहिना देखि हामीले हाम्रा उपभोक्ताहरूलाई विभिन्न प्रकारका उत्पादनहरू र विशेष सेवाहरू प्रदानगर्न र हाम्रा सेवाहरू सुधार गर्न हामी लागि परेका छौं। नेपालमा स्मार्टवाचको उच्चमागले हामीलाई बाेटको स्मार्टवाच र विभिन्न प्रकारका हियरेबल एसेसरिजको नयाँ लाइनअप नेपालमा लन्च गर्न सक्षम बनाएको छ । हामीलाई विश्वास छ हाम्रा ग्राहकहरूले बाेटको उत्पादनहरुको साथ कम मूल्यमा उत्कृष्ट गुणस्तरको अनुभवको आनन्द पाउनु हुनेछ ।’ 

Logo