रिद्धिसिद्धि सिमेन्टको आकर्षक अफर- ‘शून्यको कमाल, उपभोक्ता मालामाल’

रिद्धिसिद्धि सिमेन्टको आकर्षक अफर- ‘शून्यको कमाल, उपभोक्ता मालामाल’

केन्द्रबिन्दु
0
Shares

सिमेन्ट उत्पादक कम्पनी रिद्धि सिद्धिले आफ्ना ग्राहकहरुलाई लक्षित गर्दै आकर्षक अफर ल्याएको छ । 

हात खाली नजाने यस अफरअन्तर्गत हरेक ५० बोरा रिद्धि सिद्धि सिमेन्टको खरिदमा ग्राहकहरुले स्क्रयाच कुपन प्राप्त गर्ने छन् । यस कुपनहरुमा रु. ५०० देखि रु. १०,००० सम्म उल्लेख गरिएको हुन्छ । साथै शून्य अङ्क उल्लेखित कुपन प्राप्त गरि आफ्नो कुपनमा भएको रकम पछाडि शुन्य थप गरी १० गुणासम्म रकम प्राप्त गर्न सकिन्छ । यद्यपि ५० भन्दा धेरै संख्यामा ० को कुपन भए पनि प्रत्येक कुपनमा एकपटक मात्र ० (शून्य) लाई पछाडि जोडेर एक लाख सम्म रकम प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । 

उदाहरणको लागिः रु. १०,०००+० = रु. १,००,०००

कम्पनीका अनुसार यदि रु. ५,००० वा सो भन्दामाथिको रकम परेमा कम्पनीको आधिकारिम सम्पर्क नम्बरमा रजिष्टर गर्नुपर्नेछ र उक्त रकममा शून्य थप गरिएको अवस्थामा कम्पनीको आधिकारिक व्यक्तिबाट निमार्ण स्थलमै रकम प्रदान गरिने छ । 

यस याेजनाबाट ग्राहकहरूलाई उच्चप्राविधिक प्रणालीद्वारा उत्पादित सिमेन्ट उपलब्ध गराउनु र राष्ट्रमा सिमेन्ट गुणस्तरको नयाँ आयाम थप्नु कम्पनीको मुख्य उद्देश्य रहेको जनाएको छ । कम्पनीकाअनुसार यो योजना पुस ३० गतेसम्म मात्र लागू हुनेछ । 

Logo