चन्द्रागीरि हिल्सले आज आईपीओ बाँडफाँट गर्ने

चन्द्रागीरि हिल्सले आज आईपीओ बाँडफाँट गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

चन्द्रागीरि हिल्सले आज आईपीओ बाँडफाँट गर्ने भएको छ । कम्पनीको आईपीओमा १२ लाख ५६ हजार ७४६ जनाले आवेदन दिएका छन् । ४५ हजार ६३१ आवेदन रद्द भएका बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ।

१२ लाख ११ हजार आवेदनमध्ये १ लाख ३९ हजार ६०० आवेदकले मात्रै १० कित्ताका दरले शेयर पाउने भएका छन् ।

यसैबीच, चन्द्रागीरि हिल्सले स्थानीय तथा सर्वसाधारणका लागि आह्वान गरेको साधारण शेयरमा आवेदन दिने आवेदकलाई केवलकार यात्रामा २५ प्रतिशत छुट दिने घोषणा पनि गरिसकेको छ । आवेदनकर्ताले एक वर्षसम्म यस्तो छुट पाउनेछन् ।

Logo