हिरोको नयाँ बाइक एक्सपल्स २००टी फोरभीको फर्स्ट लुक सार्वजनिक भएको छ । बाइकको नयाँ अपडेट गरिएको मोडलको टिजर सार्वजनिक गरेको केही दिनमै एल साल्भाडोरस्थित कम्पनीको वेबसाइटमार्फत फर्स्ट लुक सार्वजनिक गरिएको हो ।
यस नयाँ मोडलमा हिरो एक्सपल्स २०० फोरभीमा जस्तै १९९.६ सीसीको इन्जिन हुनेछ, जसले १८.९ बीएचपी पावर र १७.३५ एनएम टर्क जेनेरेट गर्छ । साथै इन्जिनलाई फाइभ स्पिड म्यानुअल गियरबक्ससँग जोडिएको छ । यद्यपि यसको सबैभन्दा ठूलो परिवर्तन भने पावरट्रेनमा हुनेछ ।
त्यसैगरी यस बाइकमा टर्न बाई टर्न नेभिगेसन सहितको ब्लुटुथ–पावर्ड डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, युएसबी चार्जिङ पोर्ट जस्ता फिचर हुने कम्पनीले जनाएको छ । यसको साथमा सिंगल च्यानल एबीएस सहितको डिस्क ब्रेक हुनेछ ।





























प्रतिक्रिया