७ लाख बढी कित्ता सेयर बिक्रीमा ल्याउँदै समृद्धि फाइनान्स

७ लाख बढी कित्ता सेयर बिक्रीमा ल्याउँदै समृद्धि फाइनान्स


समृद्धि फाइनान्स कम्पनी लिमिटेडको साढे ७ लाख बढी कित्ता सेयर १ मंसिरदेखि बिक्रीमा आउने भएको छ ।

कम्पनीले ७ लाख ६७ हजार ३६६ कित्ता सेयर लिलामीमार्फत बेच्न लागेको हो । यो लिलामी सेयरमा विद्यमान संस्थापक तथा जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन् । लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँका लागि बोलपत्र पेस गर्नुपर्नेछ । अधिकतममा सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । बोलपत्र १५ मंसिर बैंकिङ समयसम्म पेस गर्न सकिनेछ ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केटको काठमाण्डौ नक्सालस्थित कार्यालय, बैंक अफ काठमाण्डौका शाखाहरु विराटनगर, वीरगन्ज, न्युरोड (पोखरा), बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर र धनगढी तथा समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय (हेटौँडा) र शाखाहरु पुतलीसडक, रायणगढ, पोखरा, बुटवल, बनेपा, इटहरी र जनकपुरमा पेस गर्न सकिनेछ। 

Logo