टाटाको नेपालमा उपलब्ध विभिन्न विद्युतीय कार किन्नका लागि नबिल बैंकले ८० प्रतिशतसम्म ऋण दिने भएको छ। सम्झौतापत्रमा नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ र नविल बैंकका पदाधिकारीले हस्ताक्षर गरेका छन् ।
नेपालमा विद्युतीय सवारीको प्रयोगलाई बढाउने उदेश्यका साथ गरिएको सो सम्झौता अनुसार टाटाको नेक्सन र टिगोर इभी खरिद गर्दा ग्राहकले १२.९९ प्रतिशत ब्याजदरमा ७ वर्षको अवधिका लागि नबिल बैंकबाट ८० प्रतिशतसम्मको ऋण प्राप्त गर्न सक्नेछन्।
उक्त गाडी खरिदका लागि बैंकले २४ घण्टाभित्र ऋण उपलब्ध गराउने समेत बताएको छ । नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशन बमोजिम उक्त ऋण प्रवाह गरिने बैंकले जनाएको छ।































प्रतिक्रिया