सानिमा भिसा डाइरेक्ट सेवा सञ्चालनमा, विदेशबाट पठाएको पैसा तुरुन्तै पाउन सकिने

सानिमा भिसा डाइरेक्ट सेवा सञ्चालनमा, विदेशबाट पठाएको पैसा तुरुन्तै पाउन सकिने

केन्द्रबिन्दु
0
Shares

सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि सानिमा भिसा डाइरेक्ट सेवा ल्याएको छ । यो सेवामार्फत ग्राहकहले विदेशबाट पठाएको पैसा तुरुन्तै प्राप्त गर्न सक्नेछन् ।

विश्वभरबाट सानिमाको भिसा कार्ड नम्बरमा विभिन्न डिजिटल माध्यमहरू जस्तै, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग र एटीएमबाट सजिलै रकमान्तर गर्न सकिने छ । यो सेवा नविन प्रविधि भएकोले विश्वभरबाट सानिमा बैंकको भिसा कार्ड नम्बरमा पैसा प्राप्त गर्ने उपयुक्त वैकल्पिक माध्यम रहेको छ । उक्त सेवा बैंकले भिसा इन्टरनेशनलसंग सहकार्य गरी प्रदान गरेको हो । यो सरल, सुरक्षित र छरिटो सेवा रहेको बैंकले जनाएको छ । 

हाल यस बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा एटिएम संचालनमा रहेका छन् । 

Skip This
Skip This
Logo