काठमाडौं ।
नेपाली बजारमा सुन आज फेरि बढेको छ । बुधबार एकै दिन ६ हजार २०० ले घट्दै प्रतितोला ९५ हजार ४०० मा कारोबार भएको सुन आज भने २, ४०० ले बढेर पुनः उकालो लागेको छ । सुनको आजको मूल्य ९७ हजार ८०० छ । यस्तै चाँदीको मूल्यमा पनि आज बृद्धि भएको छ । चाँदी आज ७० रुपैयाँले बढेर १,२९५ रुपैयाँमा कारोबार भइरहेको छ । लामो समयदेखि निरन्तर बढ्दै आएको सुनको मूल्य यो साताको शुरुमै घटेको भए पनि आज भने बढेको हो ।
साताको पहिलो दिन आइतबार सुन ९ सयले घटेको थियो । सोमबार २ सयले घट्दै सुन प्रतितोला १ लाख २ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाए अनुसार मंगलबार सुन ८ सयले घट्दै १ लाख १ हजार ६ सयमा कारोबार भएको थियो । बुधबार ६,२०० ले घटेर ९५ हजार ४०० मा कारोबार भयो ।
गत शुक्रबार (साउन २३) नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । त्यस दिन १ लाख ३ हजार ५०० मा कारोबार भयो ।
अघिल्लो हप्ता आइतबार ३ सयले बढेको सुन सोमबार स्थिर रहेको थियो । मंगलबार ३ सयले बढ्दै सुन ९९ हजार ८ सयमा कारोबार भएको थियो भने बुधबार १६ सयले बढेको थियो । विहिबार ११ सयले बढेको सुन शुक्रबार १ हजारले बढेर १ लाख ३ हजार ५ सयको उच्च बिन्दुमा पुगेको थियो ।
मूल्य बढ्दै गए पछि कारोबार भने घटेको छ । सुन बजार सुनसान देखिन्छ ।































प्रतिक्रिया