सेयर बजारमा दोहोरो अंकको गिरावट, ३६ कम्पनीलाई फाइदा

सेयर बजारमा दोहोरो अंकको गिरावट, ३६ कम्पनीलाई फाइदा

केन्द्रबिन्दु
0
Shares

साताको दोस्राे दिन सोमबार सेयर बजार ओरालो लागेको छ। आज सेयर कारोबार मापक नेप्से परिसूचक १५.६१ अंकले घटेर १९५०.३७ मा पुगेर रोकिएको छ। ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.६५ अंकले घटेर ३८२.६१ मा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल १९४ कम्पनीको सेयर कारोबार हुँदा ३६ कम्पनी वृद्धि भएको छ । १५१ कम्पनीकाे सेयर ओरालो लागेको र सात कम्पनीकाे सेयर मूल्य स्थिर रहेको छ । ३७ लाख ६१ हजार २९९ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब ४९ करोड ४३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ। कम्पनीको आज १६ करोड ४६ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा नबिल बैंक र तेस्रोमा शिवम् सिमेन्टको कारोबार भएको छ। आइतबार नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको थियो । त्यस दिन दुई अर्बभन्दा बढीका कारोबार भएको थियो।

आजको कारोबारमा खप्तड लघुवित्त ८.८१ प्रतिचशत र गरीमा डेवेन्चरमा ६.११ प्रतिशतले सेयर मूल्य बढेको छ।  १३ उपसूचकहरूमध्ये म्युचुल फन्ड र ट्रेडिङ इन्डेक्समा सामान्य वृद्धि भएको र अरु सबै उपसूचक ओरालो लागेको नेप्सेले जनाएको छ ।

Skip This
Skip This
Logo