स्मार्टच्वाईस र एभरेष्ट बैंकबीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालन गर्ने सम्झौता

स्मार्टच्वाईस र एभरेष्ट बैंकबीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालन गर्ने सम्झौता


नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड तथा ‘क’ वर्गको वाणिज्य बैंक(एभरेष्ट बैंकबीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालन गर्ने सम्झौता भएको छ ।

सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र एभरेष्ट बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले हस्ताक्षर गरेका हुन् । 

विगत २० वर्षदेखि कार्डलगायत भुक्क्तानीका विभिन्न सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र स्थापनाकालदेखि नै ग्राहकहरूको पहिलो रोजाइ बनेको एभरेष्ट बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ ।

यस सहकार्यले एभरेष्ट बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताले इबिएल टच ट्वान्टीफोर एपमार्फत स्मार्ट क्यूआर मर्चेन्टहरूमा भुक्तानी गर्न सक्छन् भने एभरेष्ट बैंकमार्फत विभिन्न ब्यापार/ब्यवसायमा संलग्न व्यवसायीहरूले स्मार्ट क्यूआरको सुविधा लिन सक्ने बताइएकाे छ ।

Logo