रियलमीकाे ‘उत्सवको बहार, हरेक दिन उपहार’ क्याम्पेनको विजेता घोषणा

रियलमीकाे ‘उत्सवको बहार, हरेक दिन उपहार’ क्याम्पेनको विजेता घोषणा


सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले ‘उत्सवको बहार, हरेक दिन उपहार’ क्याम्पेनको विजेताहरु घोषणा गरेको छ । 

गत असोज १० देखि कार्तिक १४ गतेसम्म चलेको उक्त क्याम्पेनका विजेताहरुलाई पुरस्कार प्रदान गरिएको हो । जसमा बुटवलकी सन्ध्या सिंह ठकुरी (गौरा कालिका मोबाइल)ले ६५ इन्चको कोनका ४ के टेलिभिजन र बाग्लुबका पूर्ण बहादुर मल्ल (अलिशामोबाइल सेन्टर) ले ७ केजिको वाशिब मेसिन जित्न सफल भएका छन् । साथै त्यस्तै सामाखुशीका सुजन बस्नेतले (लमजुब इलेक्ट्रोनिक्स) ले रियलमी ९४ जि (८/१२८जिबि) जितेका छन् । 

रियलमीले चाडबाडको समयमा आफ्ना उपभोक्ताहरुलाई स्मार्टफोन, टेलिभिजन, वाशिब मेसिन लगायतका विभिन्न उपहारहरु प्रदान गर्ने अफर ल्याएको थियो । त्यस्तै उक्त अफरमा डेली प्राइज अन्तर्गत कोनका मिक्सर, हिटर, भ्याकुम क्लिनर, राइस कुकर,रियलमी सि ३०(२३२ जिबि) लगायतका उपहारहरु पनि समावेश थिए ।

पुरस्कार विजेताहरुलाई बधाई दिँदै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने- ‘यस रियलमीउत्सवको बहार हरेक दिनउपहारमा सहभागिहुनुभएका सम्पूर्ण उपभोक्ता महानुभावहरुलाई धन्यवाद र बम्पर पुरस्कार जित्न सफल सम्पूर्ण विजेताहरुलाई हार्दिक बधाई दिन चाहन्छु । हामी सँधै हाम्रा उपभोक्ताहरुको लागि सुपथ मुल्यमा र सहि समयमा नवीनतम प्रविधीहरु प्रदान गर्न तत्पर छौँ । यसै कारणले गर्दा हामीलाई हाम्रा उपभोक्ताहरुले सदैव माया गरिरहनुभएको छ, साथ दिनुभएको छ । तपाईंहरुको यो माया र विश्वास प्रती हामी सदैव आभारी छौँ ।’ 

 

Logo