काठमाडौं ।
सरकारले नेपाल प्रवेश गर्ने सबै अन्तर्राष्ट्रिय प्रवेश नाका आगामी भदौ ३१ गतेसम्मका लागि बन्द गरेको छ ।
यसअघि सरकारले साउन ३१ सम्म यो कायम हुने गरी निर्णय गरेको थियो । फेरि थप एक महिनाको समय बढाएर भदौ ३१ सम्म पुर्याइएको हो ।
मंगलबारको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् अर्थ, सूचना तथा सञ्चार मन्त्री युवराज खतिवडाले यसको जानकारी दिएका हुन् ।
यसअघि स्थलमार्गबाट नेपाल आउन २० वटा नाका तोकिएकोमा सो संख्या आधाले घटाएको छ ।
काकँडभिट्टा, रानी, माडर, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, गौरीफन्टा र गड्डाचौकी गरि १० वटा नाकाबाट मात्रै नेपाल आउन पाइने सरकारले जनाएको छ ।





























प्रतिक्रिया