नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद मुल्य १२९ रुपैयाँ ८२ पैसा र विक्री मूल्य १३० रुपैयाँ ४२ पैसा तोकिएको छ । आइतबारको तुलनामा अमेरिकी डलरमा कुनै पनि परिवर्तन आएको छैन । युरोपियन युरो ६३ पैसाले वृद्धि भइ एकको खरिद दर १३६ रुपैया ८३ पैसा विक्री दर १३७ रुपैयाँ ४६ पैसा कायम रहेको छ । अष्ट्रेलियन डलर एकको खरिदर ८८ रुपैयाँ १५ पैसा र बिक्रीमा ८८ रुपैयाँ ५६ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
क्यानेडियन डलर ३३ पैसाले ओरालो लागेर एकको खरिद दर ९६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८२, सिंगापुरे डलर एकको खरिद दर ९६ रुपैयाँ ०२ पैसा र विक्री दर ९६ रुपैयाँ ४७ पैसा रहेको छ । जापानी येन १० एकको खरिदमा ९ रुपैयाँ ६७ पैसा र विक्रीमा ९ रुपैयाँ ७१ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १८ रुपैयाँ ५८ पैसा रहेको छ । साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ५४ पैसा र बिक्रीमूल्य ३४ खरिददर २९ रुपैयाँ ५९ पैसा र बिक्रीदर २९ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।





























प्रतिक्रिया