काठमाडौं ।
काठमाडौं महानगरपालिका वडा नम्बर १२ र २१ मा अत्यावश्यक बाहेकका सबै पसल बन्द गरिएको छ ।
महानगरले उक्त वडाहरुमा कोरोना संक्रमण उच्च जोखिम रहेको भन्दै अत्याश्यक बाहेकका सबै पसल बन्द गर्न सूचना जारी गरे पछि यहाँका पसलहरु बन्द भएका हुन् । यहाँका केही व्यापारीलाई कोरोना संक्रमण देखिए पछि विहानैदेखि पसलहरु बन्द गरिएका थिए ।
वडा नम्वर १२ अन्तर्गत त्रिपुरेश्वरदेखि टेकुसम्मको क्षेत्र र वडा नं. २१ अन्तर्गत लगनटोल पर्दछ । उक्त ठाउँहरुमा औषधि, खाद्यान्न र पानी पसलबाहेकका अरू पसल खोल्न नपाइने भएको छ ।
यहाँ बिहान १० बजेसम्म र बेलुकी ५ देखि ८ बजेसम्म मात्र पसलहरु सञ्चालन गर्न पाइने भएको हो ।






























प्रतिक्रिया