काठमाडौं ।
सरकारले पहिलो पटक बिक्रिवितरण भइरहेका जारको पिउने पानी र प्रशोधित बोतलको पानीको खुद्रा मूल्य तोकेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रशोधित पिउने जार र बोतलको पानीको न्युनतम समर्थन मूल्य तोकेको हो । विभागद्वारा असार २५ गते गठित कार्यदलको सिफारिसमा प्रशोधित पानीको मूल्य तोकिएको हो ।
विभागले प्रशोधित जारको पिउने पानीको मूल्य ५० रुपैयाँ तोकेको छ । तर विभागले तोकेको मूल्य अहिले बजारमा पाइने भन्दा बढी हो । अहिले पनि बजारमा एक जारको ३० देखि ४० रुपैयाँसम्म किन्न पाइरहेको छ भने बजारमा २० रुपैयाँभन्दा बढीमा बिक्री वितरण भइरहेको बोतलको प्रशोधित पानीको मूल्य १६ रुपैयाँ तोकेको छ । जारको मूल्य बढे पनि मिनिरल वाटरको मूल्य भने घटेको छ ।
प्रशोधित पिउने पानी प्रतिकार्टुन १५० रुपैयाँ तोकेको छ । यसअघि प्रति मिनिरल वाटर २० देखि ३० रुपैयाँसम्म पर्ने गथ्र्यो । विभागले तोकेको नयाँ मूल्य भदौबाट लागु हुने विभागले जनाएको छ ।































प्रतिक्रिया