डिशहोममा एक वर्षको रिचार्ज गर्दा भक्तपुरकी दिपा तामाङले नगद एक लाख रुपैयाँ जितेकी छिन् ।
डिशहोममा एक वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यस योजनाअन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलर दाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत एक बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाइने छ ।
साथै यो अफरअन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद एक लाख रुपैयाँ जित्ने अवसर पाउनेछन् । यसै क्रममा मध्यपुरठिमी नगरपालिका- ६ की तामाङले एक लाख रुपैयाँ जितेकी हुन् ।
स्टाेम नेटवर्ककाे डिलरअन्तर्गत रहेको भक्तपुरका मध्यपुर डिसहाेम सपका डिलर दाईकाेमा एक वर्ष रिचार्ज गरेर तामाङले लक्कि ड्रमा सहभागी हुने अवसर पाएकी थिइन् ।
डिशहोमको तर्फवाट सेल्सअफिसर हरि केसीले विजेता तामाङलाई पुरस्कार रकम हस्तान्तरण गरे । तामाङलाई बधाई दिँदै सम्पूर्ण डिशहोम डिटिएचका ग्राहकहरुले यस योजनामा सहभागी भई लाभ लिनेछन् भन्ने विश्वास लिएकाे कम्पनीले जनाएकाे छ ।
लक्कि ड्रको प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिनेछ ।































प्रतिक्रिया