नविल स्कुल अफ सोसल इंटरप्रेन्योर सिप कार्यक्रम शुरु

नविल स्कुल अफ सोसल इंटरप्रेन्योर सिप कार्यक्रम शुरु

केन्द्रबिन्दु
0
Shares

नविल बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यस वर्षदेखि नविल स्कुल अफ सोसल इंटरप्रेन्योर सिप कार्यक्रम शुरु गरेको छ ।

बैंकले त्रिभुवन विश्व विद्यालयको सहकार्यमा सामाजिक उद्यमशिलता प्रवद्र्धन उद्देश्यले  सामाजिक उत्तरदायित्व अन्तर्गत यो वर्षदेखि नविल स्कुल अफ सोसल इंटरप्रेन्योर सीप कार्यक्रम शुरु गरेको हो । बैंकले शुरुवातमा वागमती प्रदेशबाट पहिलो सत्रको ६ महिने तालिम फेलोसिप सञ्चालन शुरु गरेको छ । 

बैंकले उद्यमशिलतामा रुचि राख्नेभएका १८ देखि ५० वर्षसम्मका उद्यमीहरुलाइ लक्षित गरेर दुई प्रकारका फेलोसिप र कोष डिजाइन गरेर सर्टिफिकेशन कोष कार्यक्रम शुरु गरिएको नविल बैंकका नायव कार्यकारी निर्देशक भुपेन्द्र पाण्डेले बताए । उनले नविल बैंकले शुरु गरेको कोषमा विद्यार्थीको धेरै प्रोत्साहन गरेको पाइएको बताए । 

कार्यकारी निर्देशक पाण्डेले विगतमा विद्यार्थीहरुले पढ्दा जागिर खानुपर्छ भनेर पढ्ने गरेकाले अब पढाई सकेर उद्यमशिल बनाउन कार्यक्रमले प्रेरित गर्ने बताए । उनले अहिले २५ जनाको सहभागिता रहेको बताए । बैंकले देशका सात वटै प्रदेशमा यो कार्यक्रम गर्न लागेको उनले जानकारी दिए । 

बैंकले नाफामा मात्रै नभएर उद्यमशिताको विकासले देशको आर्थिक अवस्था माथि उठ्ने भएकाले सामाजिक उत्तरदायित्वका लागि काम गर्न लागेको कार्यकारी निर्देशक पाण्डेले बताए । उनले सहभागी विद्यार्थीहरुलाई नविल बैंकको टेक्नीकल टिम तथा फिल्डभिजिट गराएर नै तालिक दिने गरेको बताए ।  

बैंकले कमाउने नाफाको १ प्रतिशत रकम सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्नुपर्ने हुन्छ । उक्त रकम बैंकले विभिन्न सामाजिक क्षेत्रमा खर्च गर्दै आएको छ । यो वर्षदेखि सामाजिक उद्यमशिलता प्रवद्र्धन उदेश्यले थप नयाँ नविल स्कुल अफ सोसल इंटरप्रेन्योर सीप कार्यक्रम सञ्चालनमा ल्याएको बैंकले बताएको छ । 

Logo