आइएमई डिजिटल सोलुसनको प्रमुख कार्यकारी अधिकृतमा प्रवीण रेग्मी नियुक्त

आइएमई डिजिटल सोलुसनको प्रमुख कार्यकारी अधिकृतमा प्रवीण रेग्मी नियुक्त

केन्द्रबिन्दु
0
Shares

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) को प्रमुख कार्यकारी अधिकृतमा प्रवीण रेग्मी नियुक्त भएका छन् । 

इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनमा स्नातक एवम् बिजनेश एड्मिनिस्ट्रेसनमा स्नाकोत्तर रेग्मीसँग विभिन्न बैंक तथा वित्तीय संस्थामा डेढ दशकभन्दा बढीको कार्यानुभव छ । साथै पेमेन्ट सिस्टम, बैंकिङ्ग, टेक्नोलोजी र टेलिकमका क्षेत्रमा विशेष दख्खल राख्ने रेग्मीले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट डिजिटल भुक्तानीसँग सम्बन्धित सैद्वान्तिक एवम्प्रयोगात्मक दुवै तालिम प्राप्त गरिसकेका छन् । 

काठमाडौं पानीपोखरीस्थित आइएमई कम्प्लेक्सको टाउन हल मिटिङ्गमा मंगलबार आयोजित एक विशेष कार्यक्रममा आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) का अध्यक्ष एवम् ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले रेग्मीलाई स्वागत गरेका हुन् ।  

स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले रेग्मीको नेतृत्वसँगै कम्पनीले नयाँ उचाई प्राप्त गर्ने विश्वास व्यक्त गरे । 

Logo