ओडिसी ब्रान्डको नेपालका लागि आधिकारिक वितरक ओहम इलेक्ट्रिक ट्रेडिङ प्रालिले नयाँ इलेक्ट्रिक बाइक इभोकस नेपाली बजारमा भित्र्याएको छ ।
सो इलेक्ट्रिक बाइकमा ३ हजार वाटको मोटर रहेको छ भने यसको पिक पावर ४ हजार ३ सय वाट छ । यसको मोटरमा ३ वर्षको वारेन्टी छ । साथै यसमा ७२ भोल्ट ६० एएचको ब्याट्री उपलब्ध हुन्छ, जसको फुल चार्जमा बाइकलाई १५० किलोमिटर गुडाउन सकिन्छ । ब्याट्रीलाई फुल चार्ज हुन ६ घण्टा लाग्ने कम्पनीले जनाएको छ ।
बजारमा यस इलेक्ट्रिक बाइकको मूल्य ४ लाख ६५ हजार रुपैयाँ तोकिएको छ । भैरहवामा मुख्य कार्यालय रहेको यसको वितरक ओहमले काठमाडौं लगायत अन्य स्थानमा समेत शोरुम विस्तार गर्ने योजना राखेको छ ।





























प्रतिक्रिया