व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय सामग्रीको नेपाली ब्रान्ड सोनामले वार्षिक विन्टर छुट योजना सार्वजनिक गरेको छ ।
यस छुट योजनाअन्तर्गत कम्पनीले आफ्ना विभिन्न उत्पादनमा विशेष छुट घोषणा गरेको छ । यो अफरमा छानिएका वस्तुमा ७० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ । साथै यसको नयाँ कलेक्सनमा पनि १५ प्रतिशतको विशेष छुट कम्पनीका सबै आउटलेटमा लागू गरिएको छ । यो छुटअफर पौष १६ गतेसम्म लागू हुनेछ ।
यस ब्रान्डका महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्यागलगायत उत्पादन बजारमा उपलब्ध छन् । यसका सोरुम कोठमाडौंमा ठमेलको क्वाबहाल, ललितपुरको जावलाखेल र कुमारीपाटी, कमलपोखरीको सिटी सेन्टर, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिलमल, बालाजुको बिजीमल, जडिवुटीको जडिबुटी चोक, चितवनको सिजी ल्यान्डमार्क, सुन्सरीको धरान पुतलीलाइन, नाम्चे,पोखराको लेकसाइड र न्युरोडमासाथै बुटवलमा पनि ओपन भइसकेको कम्पनीले जनाएको छ ।































प्रतिक्रिया