सानिमा बैंकद्वारा बजारमाथिको पहुँचलाई सक्षम बनाउन युसेड ट्रेड एण्ड कम्पिटिटिभनेससँग सम्झौता

सानिमा बैंकद्वारा बजारमाथिको पहुँचलाई सक्षम बनाउन युसेड ट्रेड एण्ड कम्पिटिटिभनेससँग सम्झौता

केन्द्रबिन्दु
0
Shares

सानिमा बैंक लिमिटेड र युसेड ट्रेड एण्ड कम्पिटिटिभनेस एक्टिभीटीबीच विभिन्न बजार प्रतिनिधिहरूको विकास र बजारमाथिको पहुँचलाई सक्षम बनाउन बृहत तथा दिगो स्तरका कार्यक्रमहरुलाई गतिदिने लक्ष्यका साथ सहकार्य भएको छ ।  

यस पहलले नेपालभित्र र बाहिरका आर्थिक गतिविधिहरु मार्फत विभिन्न अवसरहरु सिर्जना गरी लक्षित बजारवर्गको क्षमता अभिवृद्धि गर्ने विश्वास लिइएको बैंकले जनाएको छ ।

पाँच वर्ष अवधिको कार्यक्रम ‘युसेड ट्रेड एण्ड कम्पिटिटिभनेस एक्टिभीटी’ले नेपालको अर्थ प्रणालीमा रहेका सार्वजनिक तथा निजी क्षेत्रहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले उच्च गुणस्तर तथानिर्यात उन्मुख गराई रोजगारीका अवसर सिर्जना गर्ने, आय वृद्धि गर्ने, संस्थागत तथा क्षेत्रगत तहमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने जस्ता लक्ष्य लिएको छ । 

यस कार्यक्रमले बजारमाथिको पहुँच वृद्धि गर्न, उत्पादकत्व क्षमता वृद्धि गर्न, रोजगारी सिर्जना गर्नका साथै लगानी मैत्री वातावरण बनाउन बजार प्रतिनिधिहरूलाई प्रोत्साहन गर्ने कार्य गर्नेछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले यस सहकार्यले सानिमा बैंकलाई दिगो प्रकृतिका वित्तीय उपकरण र सेवाहरूमा पहुँच बढाउन मद्दत गरी लघु, साना तथा मझौला व्यवसायमा सुदृढ सेवा प्रदान गर्ने बैंकको प्रयासलाई अझ बलियो पार्न सक्षम बनाउने जानकारी दिए । 
 

Logo