सेञ्चुरी कमर्सियल बैंक र काठमाडौं क्यान्सर सेन्टरबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र काठमाडौं क्यान्सर सेन्टरबीच सम्झौता

केन्द्रबिन्दु
0
Shares

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र चाँगुनारायणस्थित काठमाडौं क्यान्सर सेन्टरबीच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ ।

बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाईल बैंकिङ प्रयोगकर्ता, सबै ग्राहक तथा बैकका कर्मचारीहरुलाई काठमाडौं क्यान्सर सेन्टर, चाँगुनारायणमा विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने गरी सम्झौता भएको हो। साथै थ्रीडी सीआरटी सेवा, आइएमआरटी सेवा, भीएमएटी सेवा लगायत अन्य सेवाहरुमा छुट दिने सम्झौता भएको छ।

उक्त सम्झौतापत्रमा काठमाडौं क्यान्सर सेन्टरका अध्यक्ष अन्जनीकुमार झा र बैंकका वाग्मती प्रदेश प्रमुख दीपेन्द्रबाबु विष्टले हस्ताक्षर गरेका छन्। 
 
बैंकले १४८ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११५ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।  

Logo