बाउन्स इन्फिनिटीको नेपालका लागि आधिकारिक वितरकको रुपमा न्यु इनर्जी मोटर्सले छिट्टै इलेक्ट्रिक स्कुटर ई१ नेपाल भित्र्याउने भएको छ । हाल परीक्षण चलिरहेको र सो पश्चात नेपाली बजारमा सार्वजनिक गर्न लागिएको हो ।
मोडर्न टचका साथ रेट्रो लुकमा उपलब्ध यस इलेक्ट्रिक स्कुटरमा स्वापेबल र पोर्टेबल ब्याट्री सिस्टम जडान रहेको छ । यसमा अल एलईडी लाइट उपलब्ध छ । यसमा भएको ह्यान्डल माउन्टेड एलईडी हेडल्याम्प स्टाइलिस र पावरफुल छ । यसको इन्डिकेटर पनि एलईडीयुक्त छ ।
यस इलेक्ट्रिक स्कुटरमा आईपी६७ रेटिङयुक्त बीएलडीसी हब मोटर जडान गरिएको हुन्छ । यसको पावर १.५ देखि २.२ किलोवाटसम्म हुन्छ, जसले १ हजार ५ सय वाटको पावर जेनेरेट गर्छ । साथै २ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री उपलब्ध रहेको यस स्कुटरले सिंगल चार्जमा ८५ किलोमिटर सम्मको रेन्ज दिन्छ । ब्याट्रीलाई सामान्यतः साढे २ घण्टामै फुल चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।
सिक्स-एक्सिस एक्सेलेरोमिटर, ओभरभोल्टेज तथा अन्डरभोल्टेज प्रोटेक्सन, डिजिटल स्पिडोमिटर, साइड स्ट्यान्ड सेन्सर, एन्टी थेफ्ट अलार्म, जियो–फेन्सिङ र विभिन्न गतिविधि जानकारीका लागि अलर्ट सिस्टम पनि उपलब्ध छ । बजारमा स्मार्ट इलेक्ट्रिक स्कुटरको रुपमा परिचित यसको मूल्य ३ लाख २५ हजार रुपैयाँ तोकिएको छ ।





























प्रतिक्रिया