निती शाह बनिन् रियलमीको नयाँ ब्रान्ड एम्बासडर

निती शाह बनिन् रियलमीको नयाँ ब्रान्ड एम्बासडर

केन्द्रबिन्दु
0
Shares

स्मार्टफोन ब्रान्ड रियलमीले निती शाहलाई आफ्नो ब्रान्ड एम्बासडरको रुपमा नियुक्त गरेको छ । एक कार्यक्रमबीच कम्पनीले शाहलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो । 

योसँगै शाहले अब रियलमी, नार्जो र एआइओटि एवम वेरेबलस्लगायत अन्य इकोसिस्टम प्रोडक्टहरु पनि एन्डोर्स गर्नेछिन् । उनी मिस इन्टरनेसनल नेपाल २०१७ को विजेता हुन् । उनले २०१७ मा जापानमा भएको मिस इन्टरनेसनल नेपालमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

सो क्रममा रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले ब्रान्ड एम्बासडरको रुपमा निती शाहसँग काम गर्न पाउँदा हामी अत्यन्तै उत्साहित भएको बताए । मानिसहरुलाई प्रभावित पार्न सक्ने शाहको क्षमताले पक्कै पनि रियलमी ब्रान्डलाई अझै धेरै उपभोक्ताहरु सामु परिचित बनाउने उनको विश्वास छ ।  

साथै नवनियुक्त ब्रान्ड एम्बासडर निती शाहले भनिन्, “रियलमी ब्रान्डको सदस्य हुन पाउँदा म एकदमै उत्साहित छु । कम्पनीको जुन डेयर टु लिप मान्यता छ, व्यक्तिगत रुपमा म आफैँ पनि यो मान्यतामा विश्वास राख्छु । मलाई यो अवसर दिएकोमा रियलमी ब्रान्ड प्रति आभारी छु, मलाई आशा छ यो सहकार्यले पक्कै पनि हामी दुवैलाई एउटा नयाँ उचाइमा पु-याउनेछ ।”

Logo