अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा)ले वर्तमान परिस्थितिका सम्बन्धमा दुई दिने वृहत छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।
चितवनको सौराहास्थित पार्क सफारी रिसोर्टमा पुस ८ र ९ गते हुने अन्तरक्रिया कार्यक्रममा नाडाका पूर्व अध्यक्षहरु, नाडाका सातै प्रदेश एसोसिएसनका अध्यक्षहरु लगायत पदाधिकारीहरु तथा नाडाका केन्द्रीय कार्य समितिको सहभागिता रहनेछ ।
कार्यक्रममा नाडा तथा नाडाका प्रदेश एसोसिएसनहरु बीच नेपालको समग्र अटोमोबाइल क्षेत्रले वर्तमान समयमा भोग्नु परिरहेको समस्या र बैंकहरुको उच्च व्याज दर लगायत चालु पूँजी कर्जा लागु गरेको जोखिम भार र एलसी मार्जिनका विषयको सम्बन्धमा अटोमोबाइल व्यवसायीहरुले कसरी अघि बढ्ने भन्ने विषयमा विस्तृत छलफल हुने बताइएको छ । छलफलमार्फत आगामी दिनको कार्ययोजना र निष्कर्ष निकाल्ने नाडाले जनाएको छ ।
साे कार्यक्रममा अर्थविद् डा. विश्वनाथ पौडेललगायत नाडाका पूर्व अध्यक्षहरुले देशको अर्थतन्त्र र नेपालको समग्र अटोमोबाइल क्षेत्रका सम्बन्धमा प्रस्तुतिकरण पनि गर्नेछन् ।































प्रतिक्रिया