विश्व प्रसिद्ध” “स्मिरनफ” भोड्का” नेपाल मै उत्पादन हुने भएको छ ।
विश्वकै नम्बर १ भोड्का “स्मिरनफ” हालसालै एक कार्यक्रम माझ नेपालको अग्रणी पेय उत्पादक, नेपाल लिकर्स प्रा. लि. द्वारा सार्वजनिक गरिएको छ । कम्पनीका अध्यक्ष श्री राजेश वीर सिंह तुलाधरका अनुसार तीन पटक डिस्टिल र दश पटक फिल्टर गरिएको सो भोड्का नेपालमै उत्पादन सुरु भएर बजारीकरण हुँदै गरेको छ । विराटनगरस्थित कारखाना मा स्मिरनफ को उत्पादन सुरु हुँदै गरेको छ । स्मिरनफ नेपालका लागि ब्राण्ड एम्ब्यासडरको भूमिकामा सुरज सिंह ठकुरी रहेका छन् ।
नेपाल लिकर्सले आफ्नो स्वामित्वमा विभिन्न पेयहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । जस्तै एन्टिक्यटुी ब्लूव्हिस्की, सिग्नेचर प्रिमियर/रेयर व्हिस्की, मिस्टर डोवेल नम्बर १ लक्जरी व्हिस्की, ब्लूरिब्यान्ड जिन,आदि। यो पटक भने संसारकै नम्बर एक भोड्का स्मिरनफको उत्पादन र वितरण प्रारम्भ गरेको हो । विश्वका करिब १३० भन्दा बढी राष्ट्रहरूमा विक्री हुने स्मिरनफ भोड्का नेपालमा ७५०, ३७५, र १८० मि.लि. क्रमश रू. २,२००, १,१०० र ५५० मूल्यमा उपलब्ध छ ।





























प्रतिक्रिया