दक्षिण कोरियाबाट शतप्रतिशत शुद्ध नश्लका गाई नेपालमा किसानहरुलाई वितरण गरेको छ । हेफर ईन्टरनेशनल नेपालको पहलमा नेपाल सरकारको स्वीकृतिमा हेफर कोरियाबाट शतप्रतिशत शुद्ध नश्लका गाई नेपालमा ल्याएर कमलामाई नगरपालिका सिन्धुलीका किसानलाई वितरण गरेको हो ।
दक्षिण कोरियाबाट दुई पटक गरेर होलिस्टिन फ्रिजनका ६ वटा बाच्छा र ५७ वटा कोरली गाई गरी ६३ वटा कोरली गाई र बहर नेपाल ल्याएर वितरण गरिएको हो । हेफरका अनुसार अझै होलिस्टिन फ्रिजनका २२ वटा कोरली गाई आउन बाँकी रहेको बताएको छ । हेफर कोरियाबाट प्राप्त गाई पौष ७ गते नै कोरिया सरकारको तर्फबाट नेपाल सरकारलाई हस्तान्तरण गरी नेपाल सरकारले पौष ९ गते कमलामाई नगरपालिका सिन्धुलीलाई हस्तान्तरण गरी गाई सिन्धुली पु-याएको छ ।
उत्पादनको हिसावले कोरियाका टप (परीक्षण भएका) २ वटा बहर पनि केही दिनपछि आउने हेफरले बताएको छ । नेपालमा पहिलो पटक शुद्ध नश्लका धेरै गाई आएको हेफरले बताएको छ ।
हेफर इन्टरनेशनल नेपालका भेटनरी डाक्टर भोला श्रेष्ठले नेपाली स्थानीय गाईलाई बिस्थापित गर्ने नभइ नश्ल सुधार गरी संरक्षण गर्ने उद्देश्यले गाईहरु ल्याएको बताए । उनले दक्षिण कोरियाबाट ल्याएका शतप्रतिशत शुद्ध नश्लका गाई नश्ल सुधारको लागि ल्याएको बताए । नेपालको स्थानीय गाईको संरक्षण गर्ने काम नेपाल कृषि अनुसन्धान परिषद् पशु सेवा विभागले गरिरहेको उनले बताए ।
डा. श्रेष्ठले नेपालमा रहेको ७३ लाख गाई मध्ये करिव २० प्रतिशत मात्रै गाई उन्नत जातका रहेको बताए । उनले नश्ल सुधारका लागि विदेशबाट गाई ल्याउँदैमा स्थानीय प्रजातिका गाई लोप नहुने बताए । स्थानीय गाई लोप हुन नदिनको लागि राष्ट्रिय पशु प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्र र पशु सेवा विभागले स्थानीय गाईको अनुवंशिक स्रोतहरुको संरक्षण गरी नश्ल सुधारको काम समेत गरिरहेको उनले बताए ।
डा. श्रेष्ठले नेपालमा दुध उत्पादन बढाउन आवश्यक रहेको भन्दै शुद्ध नश्ल भएका उत्पादन क्षमता बढी भएका गाई ल्याएको बताए । उनले दुधको उत्पादकत्व बढाउन वंशानुगत क्षमता तथा आहारा,स्वास्थ्य र पालनपोसनमा भर पर्ने बताए । कोरियाबाट आएका गाई जेनेटिक रुपमा उच्च उत्पादकत्व भएका बहरलाई न्युक्यलेस हटको रुपमा स्थापना गरेर उत्पादन बढाउने उद्देश्य रहेको उनले बताए ।
डा. श्रेष्ठलेले नेपाली गाईपालक किसानहरुलाई उन्नत नश्लको बहरबाट सिमेन उत्पादन गरेर जन्मने बाच्छाहरु राम्रो हुन्छ भन्ने अपेक्षासहित काम गरिने बताए । उनले भने, ‘कोरियाको गाईले अहिले प्रतिदिन ३२ लिटर दुध रहेको छ । नेपालमा पनि त्यो जेनेटिक पुललाई न्युकलेस हटको रुपमा स्थापना गरे अबको लागि गाईको एनएलवीओलाई चाहिने कोरियन साढेहरुलाई कोरियन गाईहरुबाट जन्मेको बाच्छोहरुलाई बिल्डिङ कार्यालय पोखरा र लहानमा लगेर सिमेन संकलन गर्ने र राष्ट्रिय क्याटल हटलाई जेनेटिभ सुधार गर्ने उदेश्यले ल्याएको हो । अहिले १ सय जना किसानलाई दिएर भन्दा हेफरले दीर्घकालिनका लागि सोचेर नेपाली गाईपालक किसानहरुलाई उन्नत नश्लको बहरबाट सिमेन उत्पादन गरेर अब जन्मने सन्ततीहरु राम्रो हुन्छ भन्ने अपेक्षा काम गरिरहेका छौं ।’
डा.श्रेष्ठले नश्ल राम्रो भएको गाई ल्याएर पालनपोषण नेपालमा भएको गाईको भन्दा पनि नराम्रो हुने भन्दै किसानलाई तालिम समेत दिएको बताए । उनले कोरियन गाई पाल्नको लागि सिन्धुलिका किसानलाई समूहमा आवद्ध गरेर गाई वितरण गरिएको बताए । किसानहरुलाई उन्नत गाई पाल्ने प्रविधि,स्वच्छ दुध उत्पादन प्रविधि र आहारा व्यवस्थापनको बारेमा तालिम दिएको उनले बताए ।
डा. श्रेष्ठले हेफरले कोरियन गाईको हेरचाहको लागि सिन्धुलीमा दक्ष भेटनरी डाक्टर खटाउने बताउनु भयो । उहाँले कोरियाको जानकारहरु पनि ल्याएर प्रभावकारी बताए । उनले बर्दिबासदेखि बिपी राजमार्ग डेर पकेट एरिया बन्न नसक्ने आधार मानेर,सिन्धुलीका किसानको उत्साह देखेर,नगरपालिकाको प्रविधिक सहयोग र सिन्धुलीबाट तराई र काठमाडौंको बजारमा सहज रुपमा दुध पुग्नसक्ने देखेर सिन्धुली छनोट गरिएको बताए । उनले सिन्धुली नै सबैभन्दा उपयुक्त नभए पनि किसानहरुको उत्साहको कारण पनि छनोट गरिएको बताए ।
गाईहरूलाई आवश्यक पर्ने शुद्ध नश्लको सिमेन (बीर्य) पनि कोरियाबाटै प्राप्त भएको छ । यी गाईहरु क्षमता ८ देखि १६ हजार लिटर प्रतिबेत रहेको जानकारी प्राप्त भएको छ ।





























प्रतिक्रिया