रसुवागढी नाकाबाट चीनतर्फ नेपाली सामग्री निर्यात सुरु

रसुवागढी नाकाबाट चीनतर्फ नेपाली सामग्री निर्यात सुरु

केन्द्रबिन्दु
0
Shares

रसुवागढी नाकाबाट चीनतर्फ नेपाली सामग्री निर्यात सुरु भएको छ। रसुवागढी भन्सार कार्यालयका अनुसार ३१ महिनादेखि बन्द रहेको नाका मंगलबारदेखि चीनतर्फ सामग्रीको निर्यात गर्न सुरु भएको हो।

चैत २०७६ मा नेपाल सरकारले कोभिड- १९ महामारीलाई मध्यनजर गर्दै नेपाल भित्रिने सबै नाका सिल गरेपछि निर्यात बन्द भएको थियो । मंगलबार तीनवटा टेलर (नेपाली ६ वटा गाडी)मार्फत ह्यान्डीक्राफ्ट, बाँसको मुडा तथा बाँसका अन्य सामग्री निर्यात भएको छ ।  

Logo