लकडाउनमा चिटिक्क बन्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (भिडियोसहित)

लकडाउनमा चिटिक्क बन्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा लकडाउनको अबधीमा ठूलो परिवर्तन आएको छ । अब, यस विमानस्थलमा यात्रा गर्ने यात्रुहरूले आकाशमै घण्टौं होल्ड हुनु पर्ने समस्या भोग्नु नपर्ने भएको छ । कोरोना भाइरसका कारण गरिएको लकडाउनको अवधिमा विमानस्थलमा पार्किङ स्थल थप गरिएपछि यो समस्या कम हुने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई बताउँछन् ।

मन्त्री भट्टराईले विमानस्थलको स्थलगत निरिक्षण गर्दै नयाँ सेवा सूविधासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने तयारीमा रहेको बताए । कोभिड–१९ का कारण चार महिनासम्म विमानस्थल बन्द हुँदा धेरै पूर्वाधारहरु निर्माण भएको मन्त्री भट्टराईको भनाइ छ ।

विमानस्थलको धावनमार्ग ३ सय मिटर बढाइएकाले अब अवतरण र उडान दुवैमा थप सुरक्षा कायम हुनेछ । त्यस्तै १५ सय जना क्षमताको प्रस्थान हल निर्माण गर्ने कार्य पनि सम्पन्न भइसकेको मन्त्री भट्टराईले जानकारी दिए । हाल, विमानस्थलमा लगेज बेल्टहरु पनि थपिएका छन् । त्यसैगरि स्तरिय आवागमन कक्ष पनि निमार्णकार्य सम्पन्न भई चाँडै नै सञ्चालनमा ल्याइने भएको छ ।

यसका साथै, समानान्तर ट्याक्सी वे निर्माण गर्ने, थप २२/२३ वटा जहाज पार्किङ स्थल निर्माण गर्ने र नयाँ टर्मिनल भवनहरु निर्माण गरिने समेत मन्त्री भट्टराईले जानकारी दिए । उनले अराइभल हलको निर्माण कार्य पनि सम्पन्न भइसकेको जानकारी गराए । मन्त्री भट्टराईका अनुसार, विमानस्थलका अधिकांश पूर्वाधार निर्माण भएकाले विमानस्थलमा आउने पर्यटक र नेपाली नागरिकले अब, नयाँ अनुभुति गर्न पाउनेमा बताए ।

सरकारले भदौ १ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने निर्णय गरेको छ । विमानस्थलले कोभिड संक्रमणको जोखिमलाई हेरेर प्रस्थान हललाई आधा क्षमतामा मात्रै उपयोग गरी सञ्चालन गर्ने योजना बनाएको छ । हेरौं भिडियोमा :

 

Logo