हवाई क्षेत्रको विकास सरकारकाे नीतिकै कारण हुन सकेनः महानिर्देशक अधिकारी

हवाई क्षेत्रको विकास सरकारकाे नीतिकै कारण हुन सकेनः महानिर्देशक अधिकारी

केन्द्रबिन्दु
0
Shares

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले हवाई इन्धनको मूल्य तत्कालै समायोजन गर्नुपर्ने बताएका छन् । 

शुक्रवार काठमाडौंमा भएको एभिएशन मिट २०२२ कार्यक्रममा बोल्दै महानिर्देशक  अधिकारीले नेपाल आयल निगमले हवाई इन्धनमा अधिक नाफा लिएकाले हवाई भाडा महँगिएको बताएका हुन् । 

अहिले निगमले हवाई इन्धनमा ७८ रूपैयाँ नाफा लिँदै आएका उनले बताए । 

हुम्ला, जुम्ला, सिमिकोटमा हवाई यात्राका लागि १ रोपनी जग्गा बेच्नुपर्ने अवस्था रहेको बताउँदै महानिर्देशक अधिकारीले यस्तो बेलामा एलपी ग्यासमा छुट दिएर हवाई यात्रुलाई मारमा पार्न नहुने जिकिर गरे । नेपालको हवाई नीति विमानस्थलहरुको नम्बर बढाउने तर जहाजको नम्बर बढाउनेतर्फ भने ध्यान नगएकोसमेत उनले औंल्याए ।

Skip This
Skip This
Logo