गुल्मीको रेसुङ्गा विमानस्थलमा प्रदर्शन उडान हुँदै

गुल्मीको रेसुङ्गा विमानस्थलमा प्रदर्शन उडान हुँदै


गुल्मीको रेसुङ्गा विमानस्थलमा आइतबार डेमोस्ट्रेसन अर्थात् प्रदर्शन उडान हुने भएको छ ।

रेसुङ्गा नगरपालिका–१० सिमिचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एअरको ट्वीनअटर विमानले प्रदर्शन उडान गर्न लागेको हो । त्यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र तारा एअरलाइन्सबीच रेसुङ्गा नगरपालिकाको तर्फबाट सम्झौता भइसकेको रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले जानकारी दिए । उनका अनुसार आइतबार बिहान ११ बजे प्रदर्शन उडान हुनेछ । काठमाण्डौबाट उडान गरेको तारा एअरको ट्वीनअटर विमानलाई गुल्मी पुग्न झण्डै ५० मिनेट लाग्ने प्राधिकरणले जनाएको छ ।

तारा एअरले सुरुका दिनहरुमा रेसुङ्गा नगरपालिकाको समन्वयमा उडान गर्नेछ । प्रदर्शन उडान गरेसँगै नियमित उडानका लागि प्रक्रिया थालिने यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । १८ सिट क्षमताको विमान रेसुङ्गा विमानस्थलमा झण्डै एक घण्टा रहनेछ । त्यसपछि पुनः काठमाण्डौ फर्कने छ । प्राधिकरणले प्रदर्शन उडान गरेसँगै नियमित उडानका लागि प्रक्रिया थाल्ने जनाएको छ । 

Logo