सरोकारवाला भन्छन्-‘ लकडाउनको मोडालिटी परिवर्तन गरेर रोग र भोकबाट बचौं’ (भिडियोसहित)

सरोकारवाला भन्छन्-‘ लकडाउनको मोडालिटी परिवर्तन गरेर रोग र भोकबाट बचौं’ (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरसको संक्रमण फैलिएपछि सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो । सो लकडाउन गत असार १ गतेदेखि सकिएको छ । लकडाउन खुलेपछि हरेक दिनजसो कोरोना संक्रमण फैलिरहेको छ ।

कोरोनाको संक्रमण फैलिएपछि सरकारले पुनः लकडाउन गर्ने तयारी गरेको छ । सरकारले लकडाउन खोलेपछि सर्वसाधारणको चलपहल पनि बढी नै भयो । जसका कारण कोरोना संक्रमणको दर बढ्न थाल्यो । काठमाडौं उपत्यका तथा प्रदेश २ मा संक्रमितको संख्या समुदायस्तरमा नै पुगिसकेको आंशका स्वास्थ्य विज्ञहरुले गरेका छन् । पछिल्ला दिनहरुमा सेना, प्रहरी, पत्रकार तथा स्वास्थ्यकर्मीहरुलाई पनि संक्रमण देखिएपछि सरकार कोरोना न्युनिकरण कसरी गर्न सकिन्छ भन्ने खोजीमा लागेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यस विषयमा स्वास्थ्य विज्ञ तथा राजनीतिक दलका नेताहरुसँग परामर्श गरेका छन् । सो परामर्शमा सरकारका मन्त्रीहरु, स्वास्थ्य क्षेत्रका विज्ञ र आर्थिक क्षेत्रका विज्ञ लगायत सहभागी थिए । स्वास्थ्य विज्ञहरुले कम्तीमा २ हप्ता कडा लकडाउन गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए । उनीहरुले दिएका सुझावका आधारमा सीसीएमसीले तयारी गर्नेछ । के लकडाउन मात्रै एउटै विकल्प हो त कोरोना न्युनिकरण गर्ने ? सरकारले चार महिनासम्मको लामो लकडाउन गर्दा मुलुकका उद्योग व्यापार, व्यवसाय, रेमिट्यान्स, लगानी लगायतका विभिन्न क्षेत्र प्रभावित भएका छन् । कयौँ मानिसहरुको रोजगारी गुमेको छ ।

कयौँ मानिसको आधा तलव कटौती भएको छ । तल्लो वर्गका मजदूरहरु खानै नपाई मर्ने अवस्था भयो । कयौँँ व्यवसायहरु पलायन भए । अर्बाै रुपैँयाँ बराबरको क्षति भएको छ । मुलुकको अर्थतन्त्र अस्तव्यस्त भएको छ । लकडाउनका बेला सरकारको ढुकुटी खाली भएको र प्रशासनिक खर्च चलाउन पनि समस्या भएको भन्दै अर्थमन्त्री डा.युवराज खतिवडाले व्यवसायीसँग कर तिर्न हारगुहार गरेका थिए ।

यस्तो अवस्थामा पुनः लकडाउन गर्दा के अर्थतन्त्र चलायमान हुन्छ त ? लकडाउन बाहेक कोरोनाबाट बच्ने अन्य विकल्प नै छैन त ? यस्तो छ सरोकारवालाहरुको धारणा :
भिडियो

Logo