बाढी पहिरो : १६२ स्थानमा सडक अवरुद्ध, दुई अर्बको क्षति

बाढी पहिरो : १६२ स्थानमा सडक अवरुद्ध, दुई अर्बको क्षति

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

यस वर्षको बाढीपहिरोले मुलुकभर राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग, पुल, रणनीतिक सडक र ग्रामीण सडकमा ठूलो क्षति पुर्याएको छ। सडक विभागका अनुसार बाढीपहिरोले १ सय ६२ स्थानमा क्षति पुर्याएको छ। पहिरो खस्ने, नदी कटान, सडक भासिने र ढुंगा खस्नेलगायत समस्या देखिएको सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले जानकारी दिए।

अविरल वर्षाले निरन्तर पहिरो खस्नुका साथै केही स्थानमा पुल पनि बगाएको बाढीपहिरोले राष्ट्रिय तथा सहायक राजमार्ग, पुल, रणनीतिक सडक र ग्रामीण सडकमा अर्बौंको क्षति

भागले सडक सञ्चालन गर्न विभिन्न डिभिजन कार्यालयमार्फत मेसिन र कर्मचारी परिचालन गरेको छ। पहिरो हटाउने र बाढीले क्षति पुर्याएका सडक मर्मत गर्ने काम भइरहेको छ। तर, लगातारको वर्षाले प्रयास सफल भएको छैन। बुधबार साँझसम्म बाढीपहिरोले २२ वटा सडक खण्ड पूर्णरूपमा अवरुद्ध छन् भने ६२ वटा सडक आंशिक वा एकतर्फी सञ्चालन भएको छ। ७८ वटा सडक मर्मत गरी सञ्चालन गरिएको विभागले जानकारी दिएको छ।

सडक सञ्चालन गर्न सडक विभाग मातहत रहेका १९८ वटा मेसिन परिचालन गरिएको सापकोटाले जानकारी दिए । धेरै क्षति पुगेको स्थानमा मेसिन भाडामा लिएर पनि काम भइरहेको उनले बताए। ‘पृथ्वी राजमार्ग मात्रै ५० स्थानभन्दा धेरै ठाउँमा क्षति पुगेको थियो। उक्त राजमार्गको अवरोध हटाउन सफल भएका छौं’, सापकोटाले भने, ‘पछिलो केही दिन वर्षा कम भएकाले पृथ्वी राजमार्ग सञ्चालन गर्न सम्भव भएको हो।’ अरनिको राजमार्ग, साँफेबगर–मार्तडी सडक, बेसीसहर चामे सडक, बेनी जोमसोम कारोला सडक र महाकाली राजमार्गमा अवरोध हटाउन समस्या भइरहेको सापकोटाले बताए । उक्त सडक खण्डमा अविरल वर्षाले निरन्तर पहिरो खस्नुका साथै केही स्थानमा पुल बगाएको छ। विभागले मेसिन प्रयोग गरेर पहिरो हटाइरहे पनि नयाँ पहिरो खसेकाले समस्या देखिएको उनको भनाइ छ।

दुई अर्बको क्षति

बाढीपहिरोले मुलुकभरको राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग, पुल, रणनीतिक सडक र ग्रामीण सडकमा अर्बको क्षति भएको छ। विभागका अनुसार बुधबारसम्म बाढीपहिरोले करिब दुई अर्ब रुपैयाँ बराबरको क्षति पुगेको छ। आंशिक रूपमा यातायात सञ्चालन गर्न सामान्य खर्च लाग्ने भए पनि पुनस्र्थापन गर्न दुई अर्ब रुपैयाँ लाग्ने विभागको प्रारम्भिक अनुमान छ।

पहिरो पन्छाएर र पानी कटाएर आंशिक रूपमा सडक सञ्चालन गर्ने प्रयास गरिरहेको छ। अविरल वर्षाले पहिरो नरोकिएकाले सडक मर्मत गर्न कठिन भइरहेको विभागका अधिकारीको भनाइ छ। सडक मर्मत सम्भारका लागि सरकारले चालु आवमा ७ अर्ब २१ करोड रुपैयाँ सडक बोर्डमार्फत विनियोजन गरेको छ। यो रकम स्थानीय, प्रदेश र सडक विभागका सडक मर्मत सम्भारमा खर्च हुनेछ। सडक बोर्डका कार्यकारी निर्देशक कृष्णसिंह बस्नेतका अनुसार उक्त रकम बाँडफाँटका लागि बोर्डको समितिमा छलफल भइरहेको जानकारी दिए।अन्नपूर्णबाट

Logo