पछिल्लो समय वाणिज्य बैंकमा बिग मर्जरको चर्चा चलिरहेको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मर्जरमा दिने सुविधालाई चालू आर्थिक वर्षको मौद्रिक नीतिले पनि निरन्तरता दिने भएको छ । सोही सुविधा प्राप्त गर्न वाणिज्य बैंकहरु मर्जरमा जान सम्झौता गरेका छन् ।
सम्झौता गर्नेमा नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक, ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू, हिमालयन बैंक र सिभिल बैंक, प्रभु बैंक र सेञ्चुरी बैंक र कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक रहेका छन् ।
जसमध्ये कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले पुस १७ गतेबाट एकीकृत कारोबार सुरु गरिसकेका छन् । दुवै बैंक एकआपसमा गाभिएपछि कुमारी बैंककै नामबाट एकीकृत कारोबार भइरहेको छ । एकीकृत कारोबारपश्चात् बैंकको चुक्ता पुँजी २६ अर्ब २३ करोड, कूल निक्षेप तीन खर्ब दुई अर्ब र कर्जा दुई खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ ।
यस्तै, ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूले पुस २५ गते (सोमबार) देखि एकीकृत कारोबार गर्ने भएका छन्। दुवै बैंकले अब ‘ग्लोबल आईएमई बैंक’ को नामबाट एकीकृत कारोबार गर्ने भएका छन्। ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू १ः१ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । अर्थात् बैंक अफ काठमाण्डूको १ सय कित्ता सेयर भएका सेयरधनीले मर्जरपश्चात् ग्लोबल आइएमई बैंकको १ सय कित्ता सेयर प्राप्त गर्नेछन् ।
अर्कोतर्फ नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको एकीकृत कारोबार पुस २७ गतेबाट सुरु हुने भएको छ । दुवै बैंक १००ः९० को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । इन्भेष्टमेन्ट बैंकको १ कित्ता सेयर बराबर मेगा बैंकको ०.९ कित्ता हुनेछ । मर्जरपछि बैंकको नाम “नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड” हुनेछ ।
यस्तै, प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंकको एकीकृत कारोबार पुस २६ गते मंगलबारबाट हुने भएको छ । दुबै बैंकबीच १ः१ अनुपातको मर्ज हुने भएका हुन् । मर्जर पश्चात् प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुनेछ ।
हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार माघ १८ गते हुने भएको छ । हिमालयन बैंक र सिभिल बैंक १००ः८०.२८ को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । अर्थात् सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकमा ८०.२८ कित्ता सेयर हुनेछ ।































प्रतिक्रिया