माया खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

माया खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

केन्द्रबिन्दु
0
Shares

माया खोला हाइड्रोपावर कम्पनीले बिक्रीमा ल्याएको प्राथमिक निष्काशन (आईपीओ)मा आवेदन दिने समय आज सकिँदै छ ।

आईपीओमा सर्वसाधारणले आज कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले माघ १३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणको लागि १९ लाख ९२ हजार कित्ता सेयरका लागि बिक्री गरिरहेको छ ।

आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

Logo