लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्ट

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्ट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेको छ। मन्त्रिपरिषदको आज बसेको बैठकले भट्टलाई नियुक्ति गर्ने निर्णय गरेको हो।

भट्ट अब ४ वर्षका लागि लगानी बोर्डको सिईओ हुनेछन् । राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहेका भट्टसँग व्यवस्थापन, बैंकिङ, इन्जिनियरिङ तथा योजनाको क्षेत्रमा काम गरेको अनुभव छ।

अर्थमन्त्री डा युवराज खतिवडाको नेतृत्वको सिफारिस समितिले रामकृष्ण खतिवडा, सुशील भट्ट र डा. सरोज कोइरालाको नाम मन्त्रिपरिषद्‍मा पठाएको थियो । यी तीन जनाबाट आज मन्त्रिपरिषद्ले भट्टलाई नियुक्त गरेको हो ।

Logo