भारतबाट डिजेल र पेट्रोलको मूल्य बढेर आएको छ ।
नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरसन (आईओसी)ले नेपाललाई पठाएको नयाँ मूल्य सूचीअनुसार डिजेल र पेट्रोलको मूल्य बढेको छ । आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर आठ रुपैयाँले बढेर आएको निगमका प्रवत्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
यस्तै, मट्टितेलको मूल्य ४.६० रुपैयाँ र हवाई इन्धन ७.८० रुपैयाँले बढेर आएको छ । तर एलपी ग्यासमा भने प्रतिसिलिन्डर ७५ रुपैयाँ घटेर आएको प्रवत्ता उपाध्यायले बताए । मूल्य घटेर आएपनि अझै पनि निगमलाई ग्यासमा प्रतिसिलिन्डर २८० रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । नयाँ मूल्यसूचीले हाल भइरहेको मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गर्दा निगमलाई १५ दिनमा ९ करोड ४१ लाख रुपैयाँ घाटा हुने निगमले जनाएको छ ।
आईओसीले हरेक १५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य र हरेक एक महिनामा एलपी ग्यासको नयाँ मूल्यसूची निगमलाई पठाउने गरेको छ ।
प्रतिक्रिया