अमेरिकी डलर स्थिर, आज कुन मुद्रा कतिमा हुँदै छ किनबेच ?

अमेरिकी डलर स्थिर, आज कुन मुद्रा कतिमा हुँदै छ किनबेच ?

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक गरेको छ।

बिहीबार अमेरिकी डलरको मूल्य स्थिर छ । आज अमेरिकी डलर एकको खरिददर १३० रूपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रूपैयाँ ३८ पैसामा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि यसको खरिद बिक्री सोही मूल्य कायम थियो । युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ ४३ पैसा र बिक्रीमा १४३ रूपैयाँ ८ पैसा कायम गरिएको छ । यसअघि बुधबार युरोपियन युरोको खरिददर १४१ रूपैयाँ ५४ पैसा र बिक्रीमा १४२ रूपैयाँ १९ पैसामा कारोबार भएको थियो ।

यस्तै, बेलायती पाउण्ड स्टर्लिङको खरिददर १६१ रूपैयाँ १६ पैसा र बिक्रीदर १६१ रूपैयाँ ९० पैसा तोकिएको छ । त्यसैगरी, अष्ट्रेलियन डलरको खरिदमूल्य ९२ रूपैयाँ ५७ पैसा र बिक्रीमा ९३ रूपैयाँ तोकिएको छ । अघिल्लो दिन यसको खरिदमूल्य ९१ रूपैयाँ ४१ पैसा र बिक्रीमा ९१ रूपैयाँ ८३ पैसामा कारोबार भएको थियो । क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ २३ पैसा र बिक्रीमा ९८ रूपैयाँ ६९ पैसा तोकिएको छ ।

बिहीबार कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ७० पैसा र बिक्रीमा ३५ रूपैयाँ ७७ पैसा पाइन्छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३४ रूपैयाँ ८५ पैसा र बिक्रीदर ३५ रूपैयाँ एक पैसा तोकेको छ । युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ६१ पैसा र बिक्रीमा ३५ रूपैयाँ ७७ पैसामा पाइन्छ ।

आज कुवेती दिनार एकको खरिदमा ४२८ रूपैयाँ ४४ पैसा र बिक्रीमा ४३० रूपैयाँ ४० पैसा पाइन्छ । त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३४६ रूपैयाँ ९२ पैसा र बिक्रीदर ३४८ रूपैयाँ ५१ पैसा तोकिएको छ ।

Skip This
Skip This
Logo